एक वर्षको लागि पुनर्जीवन पाएको झण्डै दुई महिनापछि संविधान सभाले संविधान निर्माणको नयाँ कार्यतालिका पारित गरेको छ।
दलहरुबीच सहमति बनेपछि संविधान निर्माण कार्यतालिका पारित गर्न भएको हो l नयाँ कार्यतालिका अनुसार काम भएमा आउने चैत महिनासम्ममा नेपालको नयाँ संविधान तयार हुनेछ।
संविधान निर्माण कार्यतालिकामा त्यसरी सहमति जुटाउन सफल भएपनि प्रमुख दलहरु नयाँ सरकार वा त्यस्का लागि आवश्यक समिकरणका विषयमा अझै कुनै सहमतिमा पुगिसकेका छैनन्।
आइतबार बसेको संविधान सभाको वैठकले आगामी चैत मसान्त भित्र संविधान निर्माणका सबै काम सक्ने गरि नयाँ कार्यतालिका सर्वसम्मतीले पारित गरेको छ।
व्यस्तता
संविधानसभा तथा संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माका अनुसार संविधान सभामा रहेका २५ वटै दलका प्रतिनिधी र कार्यव्यवस्था परामर्श समितिको दिनभरको व्यस्तता पछि कार्यतालिका पारित हुन सम्भव भएको हो।
"पच्चिसै दलको वैठक र कार्यव्यवस्था समितिको निर्णयपछि कार्यतालिका संशोधन गर्न सम्भव भएको हो।"
संशोधित कार्यतालिकामा आगामी कार्तिक ३० गते सम्ममा विभिन्न मस्यौदाहरुलाई एकीकृत गरि नयाँ संविधानको पहिलो मस्यौदा तयार गर्ने योजना बनाइएको छ।
गएको जेठ १४ गते नयाँ संविधान बन्न नसकेपछि संविधान सभाको अवधी एक वर्षको लागि थपिएको थियो।
तर त्यस्को झण्डै दुई महिनापछि पनि संविधान निर्माणको कार्यतालिका पारित गर्न पनि संविधान सभालाई मुस्किल पर्यो।
"पच्चिसै दलको वैठक र कार्यव्यवस्था समितिको निर्णयपछि कार्यतालिका संशोधन गर्न सम्भव भएको हो।"
मुकुन्द शर्मा
तराईका दलहरुले राज्य पुन:संरचना आयोगको सार्दर्भिकतामाथि प्रश्न चिन्ह उठाउदै त्यस्को तिब्र विरोध गरेपछि राज्य पुन:संरचना आयोगको प्रसंङ्ग नै हटाएर अन्तत: सहमति जुटेको हो।
दौडधुप
संविधान निर्माणको कार्यतालिका पारित गर्न सहमति बनाउन सफल भएका दलहरु नयाँ सरकार वा समिकरणका बारे भने अझै प्रष्ट हुन सकेका छैनन्।
नयाँ प्रधानमन्त्री चुन्ने दिन आउँन तीन दिन बाँकी रहँदा प्रमुख दलहरु आन्तरिक र अन्तरदलीय सरसर्लाहमा व्यस्त देखिए।
नयाँ सरकारको नेतृत्व गर्न अघि सरेको दोस्रो ठूलो दल नेपाली कांग्रेसले आइतबार मधेसी मोर्चामा रहेका दलहरुसँग पनि छलफल गर्यो।
कांग्रेसलाई सघाउन नमानिरहेको सबै भन्दा ठूलो दल एकीकृत माओवादीले पनि तराईका दलहरु र साना दश दलहरुसँग छुट्टाछुट्टै छलफल गर्यो।
समीकरणको खेलमा निर्णायक हुने ठानिकएका तराईका दलहरुले भने आफ्नो स्वायत्त मधेस प्रदेशको चाहाना पुरा गर्ने पक्षलाई सहयोग गर्ने कुरा खुलेरै गरे।
तेस्रो ठूलो दल नेकपा एमाले भने आइतबार साँझ अबेरसम्म आन्तरिक छलफलमैं व्यस्त रह्यो। (BBC)
Monday, July 19, 2010
चैतमा संविधान बनाउने कार्यतालिका पारित
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment