४ साउन, काठमाण्डौ । नयाँ प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदमा उम्मेदवारी दर्ता गर्ने प्रकि्रया मंगलबार हुँदैछ । संसद सचिवालयले विहान ११ बजेदेखि साँझ ५ बजेसम्म दर्ताको समय तोकिएको छ । मंगलबार दर्ता प्रधानमन्त्रीको उम्मेदवारी सम्बन्धी प्रस्तावमा बुधबार संसदमा मतदान हुनेछ । मतदान मतविभाजनका आधारमा हुनेछ । उम्मेदवारी प्रस्तावको रुपमा दर्ता हुनेछ ।
राष्ट्रपतिले अन्तरिम संविधानको धारा ३८ को उपधारा २ बमोजिम बहुमतिय प्रकि्रयाबाट प्रधानमन्त्री चयन गर्न गत असार २८ गते संसदलाई आव्हान गर्नुभएको थियो ।
राष्ट्रपतिले बहुमतका आधारमा प्रधानमन्त्री चयन गर्न आव्हान गर्नुभएपछि संसदले प्रधानमन्त्रीको चुनावी प्रकि्रया अघि बढाएको हो । राष्ट्रपतिले दुई पटक गरेर दिएको १२ दिनको समयसीमामा पनि दलहरुले राष्ट्रिय सहमतिको सरकार गठन गर्न असफल भएपनि बहुमतिय प्रकि्रया सुरु भएको हो ।
प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गर्ने समय साघुिरंदै जाँदा पनि सरकारको नेतृत्व लिन त_िम्सएका मुख्य दल मध्ये एकीकृत नेकपा माओवादी र नेकपा एमालेले प्रधानमन्त्रीको उम्मेदवार चयन गर्न सकेका छैनन् ।
नेपाली कांग्रेसले भने संसदीय दलका नेता रामचन्द्र पौडेललाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको छ । मुख्य दलले सहमतिको सरकार गठन गर्न असफल भए सरकारको नेतृत्व लिन त_िम्सएको संविधानसभामा प्रतिनिधित्व गर्ने साना २२ दलले पनि प्रधानमन्त्रीका लागि साझा उम्मेदवारी छान्न सकेका छैनन् । (onlinekhabar)
Tuesday, July 20, 2010
प्रधानमन्त्रीका लागि उम्मेदवारी आज
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment