अब अर्को चुनाव शुक्रबार १ बजे-
काठमाडौं, साउन ५ (नागरिक)- व्यवस्थापिका-संसदमा भएको प्रधान मन्त्रीको निर्वाचनमा माओवादी उम्मेद्वार पुष्पकमल दाहाल र कङ्ग्रेस उम्मेद्वार रामचन्द्र पौडेल दुवै पराजित भएका छन्। दाहालले २ सय ४५ मत ल्याएका थिए भने पौडेलले १ सय २४ मत पाएका थिए।
यसैगरी माओवादी अध्यक्ष दाहाललाई मतदान गर्ने बेला ५ सय ९२ जना उपस्थित थिए जसमध्ये विपक्षमा १ सय १४ मत परेको थियो। यसैगरी २ सय ३६ मत भने तटस्थ रहे।
यसैगरी पौडेलको विपक्षमा २ सय ३५ मत परेको छ भने तटस्थ बस्नेमा २ सय २८ जना रहे। बहुमत नपुगेकाले उनीहरु दुवै जना प्रधान मन्त्रीमा निर्वाचित हुन नसकेका हुन।
यसैगरी केन्द्रीय कमिटीको निर्णयअनुसार भन्दै एमालेका प्रधान मन्त्रीका उम्मेद्वार झलनाथ खनालका प्रस्तावक माधवकुमार नेपालले उम्मेद्वारी फिर्ता लिएका छन्।
यसैबीच प्रधान मन्त्रीको अर्को चुनाव शुक्रबार दिउसो १ बजे व्यवस्थापिका-संसदको बैठकमा हुने जानकारी सभामुख सुवास नेम्वाङले दिएका छन्।
Thursday, July 22, 2010
दाहाल र पौडेल प्रधान मन्त्रीमा पराजित, एमालेद्वारा उम्मेद्वारी फिर्ता
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment