पवन यादव, बारा, श्रावण ११ - राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले तेस्रो पटक पनि प्रधानमन्त्री दिन नसकेमा संविधानसभा भङ्ग गरी नयाँ जनादेश लिनु पर्ने बताएका छन् ।
बाराको सिमरामा पार्टीको गाँउ एकाई कार्यालयको मंगलबार उदघाटन गर्दै अध्यक्ष थापाले नयाँ जनादेशको लागि निर्वाचन गर्नु पर्ने समेत बताए । उनले धर्मनिरपेक्षता, संवैधानिक राजतन्त्र र संघीयताको विषयमा जनमत संग्रह गराउनु पर्नेमा जोड दिए ।
थापाले दलहरुको कारण जनता निराश हुँदै गएको जनाउँदै दलहरुको विश्वसनीयता गुम्दै गएको बताए । उनले संविधानसभाले म्याद थपिएको समयमा समेत नयाँ संविधान जारी गर्न नसक्ने ठोकुवा गरे । (ekantipur)


0 comments:
Post a Comment