भरतबन्धु थापा, १४ साउन, काठमाण्डौ । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले देशको अहित हुने र देश टुक्रिने बिषयमा कुनै पनि दलसँग समझौता गरेर प्रधानमन्त्री नबन्ने बताउनुभएको छ ।
अध्यक्ष प्रचण्डले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेलाई विजुक्छे निवासमा शुक्रबार भेटी यस्तो बताउनुभएको हो ।
करिब एक घण्टा चलेको भेटपछि पत्रकारहरुसँग कुरा गर्दे अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘मधेशवादी दलसँग आफ्नो पार्टीले कुनै पनि सहमति गरेको छैन । सिद्धान्तको आधारमा नेमकिपासँग भोट माग्न विजुक्छे निवास आएको हुँ ।’
विजुक्छेलाई भेटेपछि अध्यक्ष प्रचण्डले सोमबारे हुने तेस्रो चरणको निर्वाचनमा नेमकिपाले आफूलाई मत दिने विश्वास व्यक्त गर्नुभयो ।
आफूहरु दलित, जनजाति, महिला अधिकारका लागि संघर्ष गर्दै आएको भन्दै अध्यक्ष प्रचण्डले त्यसमा आफ्नो पार्टीले दायाँबायाँ नगर्ने बताउनुभयो ।
पत्रकारहरुले मधेशवादी दलहरुसँग एक मधेश एक प्रदेशका समझौता भएको छ नी भन्ने प्रश्नमा अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘मधेसबादी मोर्चाले प्रस्तुत गरेको आधार पत्रमा पार्टीले हिजो नै छलफल गरेर निर्णय गरीसकेको छ । शनिबार एक बजे मधेसी मोर्चाका चार पार्टीलाई राखेर निर्णय बुझाए लगतै सार्वजनिक गर्ने गरिने छ ।’
भेटपश्चात नेमकिपाका अध्यक्ष विजुक्छेले भन्नुभयो, ‘आफूहरुले अघि सारेको १५ बुँदामा जसले समर्थन गर्छ त्यही दलका उम्मेदवारलाई मतदान गरिने छ ।’
हालसम्म आफ्नो पार्टीले सारेको बुँदामा कसैले पनि सहमति नजनाएको तर, यदी प्रधानमन्त्रीका दावेदार मानिएका दुबैले समर्थन गरेमा परिस्थिती हेरेर निर्णय गरिने अध्यक्ष विजुक्छेले बताउनुभयो । प्रचण्डले प्रधानमन्त्री बन्नका लागि मधेसबादी दलले राखेको एक मधेश एक प्रदेशको मागलाई स्वीकार नर्गेन प्रचण्डको भनाई उदृत गर्दै विजुक्छेले भन्नुभयो ।
१७ गते पनि प्रधानमन्त्री चयन हुन नसके दलहरुले राष्ट्रपतिलाई सरकार गठनको जिम्मेवारी दिनु पर्ने उहाँको भनाई थियो । दलहरुको जिम्मेवारी अनुसार राष्ट्रपतिले कुनै पनि दललाई तीन महिनाभित्र बहुमत पुर्याउने गरी सरकार गठन गर्न प्रस्ताव गर्नु पर्ने उहाँले बताउनुभयो ।
१७ गते तेस्रो पटक हुने प्रधानमन्त्री चयन हुन नसके दलहरुले राष्ट्रपतिलाई सरकार गठनको जिम्मेवारी दिनु पर्ने बताउनुभयो । दलहरुको जिम्मेवारी अनुसार राष्ट्रपतिले कुनै पनि दललाई तीन महिनाभित्र बहुमत पुर्याउने गरी सरकार गठन गर्न प्रस्ताव गर्नु पर्ने उनले बताए ।
माओबादीसँगको छलफलमा आफनो पार्टीको १५ बुँदाकाबारेमा छलफल भएको र त्यसलाई सरकारमा आउनेले कार्यन्वयनमा लानु पर्ने बिचार आफूले राखेको उहाँको भनाई थियो ।
छलफलमा माओबादीका तर्फब्ााट पार्टी अध्यक्ष दाहाल र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तथा नेमकिपाको तर्फबाट अध्यक्ष बिजुक्छे, पार्टी सचिव सुनिल प्रजापति, केन्दि्रय कोषाध्यक्ष चैत्यराज शाक्य र विदेश विभाग प्रमुख प्रेम सुवालको सहभागि रहेको थियो । (onlinekhabar)
Friday, July 30, 2010
देश टुक्राएर प्रधानमन्त्री बन्दिनः प्रचण्ड
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment