मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Saturday, July 17, 2010

डडेल्धुरामा ‘रेडियो सुदूर आवाज’

१ साउन, डडेल्धुरा । सुदूरपश्चिमको डडेल्धुरामा पहिलोपटक एमएम रेडियो सन्चालनमा आएको छ । ‘रेडियो सुदूर आवाज ९५ मेगाहर्ज’ले शनिबारदेखि नियमित परीक्षण प्रसारण सुरु गरेको छ ।

विकट र दुर्गम स्थानका सर्बसाधारणलाई सूचनाको सहज पहुच स्थापना गर्ने उद्देश्यले रेडियो स्थापना गरिएको रेडियो सुदूर आवाजका संयोजक रमेश जोशीले जानकारी दिनुभयो । पाँच सय वाट क्षमताको रेडियोको प्रसारण पहुँच मध्य तथा सुदूरपश्चिमका १५ भन्दा बढी जिल्लामा रहेको रेडियो व्यवस्थापन पक्षले जनाएको छ ।

दैनिक १८ घण्टा परीक्षण प्रसारण सुरु गरेको रेडियोले सुरुवातदेखि नै समाचार तथा सूचनामुलक कार्यक्रम दिने गरेको छ । (onlinekhabar)

0 comments: