बेलायतमा रोजगार नपाएपछि दलालको प्रलोभनमा फसेको परराष्ट्रको आशंका
सन्तोष घिमिरे, काठमाडौं, ७ साउन : रोजगारीको प्रलोभनमा बेलायतबाट दक्षिण अपि|mका लगिँदै गरेका ११ नेपाली विद्यार्थी दुई सातादेखि मोजाम्बिकबाट बेपत्ता भएका छन् । उनीहरूलाई बेलायतबाट सान्तोस नामका नेपालीले दक्षिण अपि|mका लैजान लागेका हुन् ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार रेवतीप्रसाद नहर्की, भोजराज देवकोटा, राजेन्द्र रिजाल, विकास विश्वकर्मा, बुद्धि सापकोटा, राधा पौडेल, सन्ध्या लम्साल, किरण रिजाल, सन्तोष पौडेललगायतका विद्यार्थी मोजाम्बिकमा बेपत्ता भएका हुन् ।
बेपत्ता हुने सबै विद्यार्थी भिसामा पाँच महिनाअघि बेलायत पुगेका थिए । उनीहरूलाई रोजगारीको प्रलोभनमा दक्षिण अपि|mका लैजान लागेका व्यक्तिको थर र ठेगाना भने खुल्न सकेको छैन ।
विद्यार्थीको खोजी गरिदिन आग्रह गर्दै आफन्तले परराष्ट्र मन्त्रालयमा तीन दिनअघि निवेदन दिएका छन् । आफन्तको निवेदनमा बेलायतबाट दुबई, केन्या, तान्जेनिया हुँदै मोजाम्बिक पुर्याइएपछि उनीहरूलाई बेपत्ता बनाइएको उल्लेख छ । मोजाम्बिकको लुसाकाबाट राम बस्याल भन्ने नेपालीले फोन गरेर परिवारजनसँग पैसा मागेको पनि निवेदनमा उल्लेख छ । त्यसपछि ती व्यक्ति सम्पर्कमा नरहेको विद्यार्थीका आफन्तले जनाएका छन् ।
मन्त्रालयका अधिकारीहरूले बेपत्ता विद्यार्थीको अवस्था पत्ता लगाउन इजिप्टको कायरोस्थित नेपाली दूतावासलाई पत्राचार गरिएको जानकारी दिए । 'कायरोस्थित दूतावासलाई खोजीका लागि पत्राचार गरिसकेका छौँ,' ती अधिकारीले भने, 'उनीहरूको अवस्था पत्ता लगाउन हरसम्भव प्रयास भइरहेको खबर आएको छ ।'
कायरोस्थित नेपाली दूतावासको कार्यक्षेत्रभित्र मोजाम्बिक पर्छ । दक्षिण अपि|mकामा पनि हालै नेपाली दूतावास खोलिए पनि त्यसले मोजाम्बिक हेर्ने जिम्मेवारी पाएको छैन ।
परराष्ट्रका अधिकारीहरूले बेलायतमा रोजगारी नपाएपछि ती विद्यार्थी दलालको प्रलोभनमा परेर दक्षिण अपि|mका जान लागेको हुनसक्ने बताए । पछिल्लो समयमा बेलायतमा अध्ययन गर्न पुगेका विद्यार्थीले रोजगारीको अवसर पाउन नसकेको गुनासो आइरहेको छ ।
'बेलायतमा काम पाउन नसकेकै कारण उनीहरू अपि|mका गएको बुझ्न सकिन्छ,' परराष्ट्रका एक अधिकारीले भने 'तर बुझ्दै छौँ, केही दिनमै थाहा लाग्ला ।'
मन्त्रालयका अर्का अधिकारीले विदेशमा नेपाली अलपत्रमा पर्नुमा विदेशीको भन्दा नेपाली दलालहरूकै भूमिका मुख्य रहने गरेको पनि बताएका छन् । 'नेपाली दलालहरूकै कारण विदेशमा नेपाली नागरिक ठगिने र अलपत्र पर्ने धेरै उदाहरण छन्,' ती अधिकारीले भने । केही समयअघि किर्जिकिस्तानमा अध्ययनका लागि गएका नेपाली विद्यार्थी पनि अलपत्र परेका थिए । उनीहरूको उद्धार कार्य जारी रहेको मन्त्रालयले जनाएको छ । (nayapatrika)
Friday, July 23, 2010
मोजाम्बिकमा ११ नेपाली विद्यार्थी बेपत्ता
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment