ध्रुबराज खनाल, १ साउन, नवलपरासी । निवेदन दिनासाथ मोबाइलको सिमकार्ड दिन थालेपछि नेपाल टेलिकम कावासोतिमा ग्राहकको भीड बढ्न थालेको छ । नेपाल टेलिकम कावासोति शाखाका प्रमुख आदित्यमान शाक्यका अनुसार कुनै पनि प्रकारको मोबाइलको सिमकार्डका लागि ग्राहकले निवेदन दिनासाथ सिमकार्ड उपलब्ध गराइएको छ । शाक्यका अनुसार टेलिकमको क्षमताअनुसार नै सिमकार्ड वितरण गरिएको छ ।
कावासोति टेलिकमले असार मसान्तसम्म २४ हजार नमस्ते प्रिपेडको सिमकार्ड वितरण गरिसकेको छ । यसैगरी असार मसान्तसम्म सीडीएमए प्रविधिको स्काई मोबाइलको तीन हजार सिमकार्ड वितरण गरिएको छ भने कावासोति, प्रगतिनगर, अरुणखोला र रजहरमा गरी करीब दुई हजार तीन सय साधारण टेलिफोन वितरण गरिएको टेलिकम प्रमुख आदित्यमान शाक्यले बताउनुभयो ।
कावासोति टेलिकमका अनुसार जिएसएम प्रिपेड मोबाइलको सिमकार्ड लिनेको तुलनामा स्काई मोबाइलको सिमकार्ड लिनेको संख्या भने न्यून छ । जिल्लाका पहाडी गाविसमा स्काई मोबाइलका प्रयोगकर्ता धेरै छन् । (onlinekhabar)
Saturday, July 17, 2010
कावासोतिमा निवेदन दिनासाथ सिमकार्ड
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment