मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Saturday, July 17, 2010

कपाल नझर्ने उपाय छ : अतुल मिश्र

काठमाडौ, श्रावण १ - अधिकांश युवा-युवती वा महिला-पुरुष ऐना हेरेपछि दिनहुँ चिन्तामा पर्ने गर्छन् । कपाल झर्ने समस्याले तिनलाई हैरान बनाउने गरेको छ । यो समस्याबाट मुक्ति पाउन उनीहरू घरेलु वा बजारिया क्रिम, लोसन, तेल प्रयोग गर्छन् । यिनले उनीहरूको चिन्ता कति हटाउला ?

'केही अवैज्ञानिक प्रयोगले कपाल झर्नबाट रोक्नुको सट्टा यो समस्यालाई अझ बढाउने गरेको छ,' धुलिखेल अस्पतालका छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्ण भन्छन्, 'धेरै मात्रामा अप्रत्याशित रूपमा कपाल र्झन लाग्दा कपाल बढाउने क्रिम, लोसनलगायतको चक्करमा फस्नुको सट्टा छाला रोग विशेषज्ञको सल्लाहअनुसार उपचार गराउनुपर्छ ।'

चिकित्सा विज्ञानअनुसार सामान्य रूपमा हाम्रो टाउकोबाट दैनिक एक सयदेखि डेढ सय रौं र्झछन् । यतिको कपाल झर्नु भने सामान्य नै मानिन्छ । करिब १० प्रतिशत नेपाली महिलामा कपाल झर्ने समस्या देखिन्छ । डा. कर्णका अनुसार डेढ सयभन्दा रौं झरेचाहिँ चिन्ताको विषय हुन्छ । कपालको तीन अवस्था हुन्छन्- बढ्ने, नबढ्ने र झर्ने । लामो समयसम्म कपाल बढ्छ र केही महिनाका लागि त्यसको वृद्घ िरोकिन्छ । यसपछि कपाल र्झछ । झरेको कपालको ठाउँमा भने नयाँ कपाल उमि्रने गरेको छ ।

कपाल प्रत्येक महिना करिब आधा इन्च बढ्छ । कुनै पनि समयमा टाउकाको ८५ प्रतिशत कपाल वृद्घ िभइरहेको हुन्छ भने १५ प्रतिशतचाहिँ आराम गर्ने अवस्थामा हुन्छ । कपाल वृद्धिको अवस्था वंशानुगत रूपले तय हुन्छ । लामो कपाल भएका महिलाको हकमा यो समय आठ वर्षदेखि १० वर्षसम्मसमेत हुन सक्छ भने कपाल झर्ने समस्या भएकामा दुई वर्षसम्म । चिकित्सा विज्ञानअनुसार कपाल झर्नुका थुप्रै कारण छन् ।

'लामो रोग, ठूलो शल्यक्रिया अथवा गम्भीर संक्रमण, शारीरिक तनावले दुई वा तीन महिनापछि कपाल झर्नु सामान्य प्रक्रिया हो,' डा. कर्ण भन्छन्, 'एक्कासि देखिने चिन्ता र तनावले कपाल र्झनमा धेरै सघाउ पुर्‍याउँछ ।' यसबाहेक आजकल चिकित्सकीय सल्लाहबिना डाइटिङ गर्नेको पनि कपाल झर्ने गरेको छ । डाईटिङले शरीरमा आवश्यक पोषकतत्त्वको कमी हुन गई कपाल झर्ने गरेको हो ।

क्यान्सर र टाइफाइड रोगमा कपाल र्झछ । तर यस्तो रोगबाट मुक्ति पाउनासाथ कपालको वृद्घ िसामान्य हुन्छ । क्यान्सर उपचारमा दिइने किमोथेरापीले समेत कपाल र्झछ । यस्तै, हार्मोनको स्तरमा आकस्मिक परिवर्तनपछि कपाल र्झन सक्छ । मुख्यतः महिलामा शिशुको जन्मपछि यो स्थिति आउन सक्छ ।

औषधिको साइड-इफेक्टले पनि कपाल झर्ने गरेको डा. कर्ण बताउँछन् । कोलेस्ट्रोल घटाउने औषधि, पार्किसन, आर्थराइटिस, अल्सरको उपचारमा दिइने औषधि, भिटामिन 'ए'बाट बनेको केही औषधि, उच्च रक्तचाप विटा ब्लाकर औषधि, एन्टिकागुलैन्टस, एन्टिथाइराइड एजेन्टस्को प्रयोगले पनि कपाल र्झन सक्छ ।

कपाल झर्नु रोगको लक्षणसमेत हुनसक्छ । थाइराइडको विकृति, यौन-हार्मोनमा असन्तुलन, गम्भीर पोषाहार समस्या -मुख्यतः प्रोटिन, फलाम, जिंक वा बायोटिनको कमी) ले पनि कपाल र्झन सक्छ । यो कमी खानपानमा परहेज गर्ने, डाइटिङ गर्ने र रजस्वलामा धेरै बढी रक्तश्राव हुने महिलामा बढी देखिन्छ ।

टाउकाको छालामा विशेष प्रकारको फंगसको संक्रमण भएपछि बीचबीचको कपाल र्झन थाल्छ । यसमा गोलो घेराभित्रको कपाल झर्ने गरेको छ । बच्चामा सामान्यतः टाउको बीचबीचको कपाल झर्ने समस्या पाइन्छ । वषर्ा याममा भिजेको कपाल राम्ररी नपुछ्नाले समेत फंगल संक्रमण हुन सक्छ । प्रतिरोध प्रणालीसँग जोडिएको रोग एलोपिसिय एरिएटामा सिक्काको आकारमा कपाल गायब हुन्छ । चायालाई समेत एक प्रकारको फंगल संक्रमण मानिन्छ ।

कपाल तान्ने रोगले पछि कपाल झर्ने समस्या देखिन्छ । कपाल तान्ने बिमारी एक प्रकारको स्नायुसम्बन्धी विकृति -नर्भस डिस्अडर) हो । यस्ता व्यक्तिले सोच्दासोच्दै आपmनो कपाल उखेल्ने गरेका छन् । यो रोगलाई टाइकोटिलोमिनियासमेत भनिन्छ । कँसेर बाँध्दासमेत कपाल र्झन थाल्छ ।

तालु वंशानुगत रूपमा समेत खुइलिन्छ, विशेषगरी पुरुषमा । यस्तो समस्या किशोरावस्थामा पनि सुरु हुन सक्छ । पुरुष हार्मोन र बढ्दो गरेको उमेरले तालु खुइलिन सक्छ । महिलामा चाहिँ निधारपट्ट िनभई अन्यत्रको कपाल र्झन थाल्छ । कपाल वृद्घमिा हार्मोनको महत्त्वपूर्ण भूमिका हुन्छ । तनाव कम गरेर, उचित आहार लिएर, अर्काको ब्रस वा काइँयो वा टोपी प्रयोग नगरेर र सम्भव भएसम्म कपालसम्बन्धी औषधि परहेज गरेर यो समस्याबाट मुक्ति पाउन सकिने डा. कर्ण बताउँछन् । (ekantipur)

0 comments: