मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Tuesday, July 27, 2010

प्रधान मन्त्रीमा झलनाथको उम्मेद्‍वारी फिर्ताविरुद्ध रिट

काठमाडौं, साउन ११ (नागरिक)- प्रधान मन्त्री माधवकुमार नेपालले प्रधान मन्त्रीमा उम्मेद्‍वारी दिएका एमाले अध्यक्ष झलनाथ खनालको उम्मेद्‍वारी फिर्ता लिएको विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। भविश्वर गुरुङ र रमेशप्रसाद खनालले उक्त रिट दर्ता गराएका हुन।

साउन ५ गते भएको प्रधान मन्त्री चुनावमा एमाले अध्यक्ष खनालको उम्मेद्‍वारी प्रधान मन्त्री नेपालले फिर्ता लिएको घोषणा गरेका थिए। प्रधान मन्त्री नेपाल झलनाथको प्रस्तावक थिए। उम्मेद्‍वारी फिर्ता लिने/नलिनेबारे प्रस्तावकले मात्र निर्णय गर्न सक्ने व्यवस्था छ। उम्मेद्‍वारले चाहेरमात्र फिर्ता हुन वा नहुन सक्दैन।

एमाले केन्द्रीय कमिटीले ४ सय १ नपुगेको अवस्थामा प्रस्ताव फिर्ता लिने निर्णय गरेको थियो। सोहीबमोजिम खनालका प्रस्तावक प्रधान मन्त्री नेपालले दुई तिहाइ बहुमत ४०१ नपुगेको भन्दै खनालको प्रस्ताव फिर्ता लिएका थिए।

रिट हालेका अधिवक्ता गुरुङले भने- त्यो चुनाव संविधानको धारा ३८ (२) अन्तर्गत भएको हो र त्यसमा ३०० मत पुग्दा बहुमतको प्रधान मन्त्री चुनिने व्यवस्था छ तर खनालको पक्षमा सो धारा किन 'टेबुलेसन' भएन भन्ने प्रश्न रिटमा गरिएको छ।

यो संविधान ठूलो कि पार्टीको निर्णय भन्ने कुरा हो, गुरुङले नागरिकन्युजसँग भने- भोलि रामचन्द्र पौडेलले ४०१ पाएर पनि प्रधान मन्त्री हुन्न भने के हुन्छ ?

निवेदकहरु एमालेको कानून विभागसँग सम्बद्ध व्यक्ति हुन।

0 comments: