काठमाडौँ, साउन ९ (नागरिक)- राजीनामा दिएको तीन सातासम्म पनि संसदले नयाँ प्रधानमन्त्री चुन्न नसकेपछि कामचलाउ प्रधानमन्त्री माधवकुमार नेपालले आजदेखि राजनीतिक परामर्श तीव्र पारेका छन्। प्रधानमन्त्री नेपालले आज आफ्नो निवास बालुवाटारमा नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीका नेताहरुसँग छुट्टाछुट्टै भेट गरेका छन्।
काँग्रेससितको परामर्शमा कार्यवाहक सभापति सुशील कोइराला र प्रधानमन्त्रीका उम्मेदवार रामचन्द्र पौडेल सहभागी थिए।
त्यस्तै राप्रपा अध्यक्ष पशुपति सम्शेर राणा र राजपा अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापासँग पनि प्रधानमन्त्री नेपालले प्रधानमन्त्री निर्वाचनका विषयमा छलफल गरेका थिए।
प्रधानमन्त्री माधवकुमार नेपालले असार १६ गते राजीनामा दिएका थिए। साउन ५ गते र ७ गते दुई पटक संसदमा भएको निर्वाचन कसैले पनि बहुमत पुर्याउन नसकेपछि अनिर्णित टुंगिएको थियो। एमाले र मधेसी मोर्चासहित साना दलहरु कुनै पनि उम्मेदवारको पक्षमा नलागी तटस्थ बसेपछि संसदमा कसैको बहुमत पुग्न नसकेको हो।
प्रधानमन्त्री चुन्नका लागि अर्को निर्वाचन साउन १७ गते सोमबार हुँदैछ।
Sunday, July 25, 2010
नयाँ प्रधानमन्त्री नचुनिएपछि कामचलाउ प्रधानमन्त्री सक्रिय
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment