काठमाडौं, साउन ७ (नागरिक)- दुई पटकसम्मको प्रयासमा नयाँ प्रधानमन्त्री निर्वाचित हुन नसकेपछि साउन १७ गते तेस्रो पटक प्रधानमन्त्री निर्वाचनको मिति तय गरिएको छ। शुक्रबार बसेको संसदको कार्यव्यवस्था समितिको बैठकले तेस्रो निर्वाचन १७ गते दिउसो ४ बजे गर्ने निर्णय गरेको छ।
एमाले र मधेसवादी दलहरु बहुमतीय प्रणालीको मतदानमा भाग नलिएपछि दोस्रो चरणको निर्वाचनमा दुवै उम्मेदवारले समर्थन पाउन सकेनन् । १७ गतेको निर्वाचनमा पनि मधेसवादी दल र एमाले नै निर्णायक भूमिकामा रहनेछन्।
मधेसवादी दलहरु मात्रै पनि माओवादीलाई समर्थन दिए माओवादी प्रत्यासी प्रधानमन्त्री हुने अवस्था थियो।
Friday, July 23, 2010
प्रधानमन्त्रीको तेस्रो चुनाव साउन १७ मा
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment