३ साउन, काठमाडौं । एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले आफ्नो पार्टीले नेकपा एमालेका अध्यक्ष झलनाथ खनालको नेतृत्वलाई स्वीकार नगर्ने स्पष्ट पार्नुभएको छ ।
राजधानीमा सोमबार आयोजित एक काक्रममा बोल्दै नेता रायमाझीले माओवादीभित्र सरकारको नेतृत्व गर्ने एकसे एक नेता रहेको अवस्थामा अन्य दलको नेतृत्व स्वीकार्न नसकिने बताउनुभयो । उहाँले सोमबार साँझ सम्म पनि सहमति नजुटे मंगलबार माओवादीले भावी प्रधानमन्त्रीका लागि उमेदवारी दर्ता गर्ने समेत स्पष्ट पार्नुभयो ।
उहाँले विभिन्न सर्वेक्षणहरुमार्फत नेपाली जनताले नेता भट्टराईको नेतृत्व चाहेको उल्लेख गर्दै आफू उपाध्यक्ष बाबुराम भट्टराईको नेतृत्वमा सरकार गठन गर्न पार्टीभित्र पहल गर्न समेत तयार रहेको बताए ।
उनले अहिलेको अवस्थामा माओवादीको नेतृत्व विना संविधान र शान्ति कायम हुन नसक्ने भएकोले माओवादीको नेतृत्वमा सरकार बन्नुको विकल्प नरहेको बताए । (onlinekhabar)
Monday, July 19, 2010
बाबुरामलाई अगाडि बढाउँछौः रायमाझी
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment