मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Friday, July 16, 2010

निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

३२ असार, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षको अवकाशसम्बन्धी निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश रणबहादुर बमको एकल इजलाशले सरकारका नाममा त्यस्तो आदेश जारी गर्दै साउन ९ गते हुने छलफलमा उपस्थित हुन युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको छ ।

मन्त्रीस्तरीय निर्णयअनुसार असार २५ मा पदमुक्त गरिएका परिषद्का उपाध्यक्ष पीताम्बर तिमिल्सिनाले सो निर्णयविरुद्ध हिजो सर्वोच्च अदालतमा रिट दायर गुर्नभएको थियो ।

उपाध्यक्ष तिमिल्सिनाले दायर गर्नु भएको रिटमा युवा तथा खेलकुद मन्त्री एवम् राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष , युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्लाई विपक्षी बनाइएको छ । (onlinekhabar)

0 comments: