मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Saturday, July 24, 2010

मलाइ मन्त्री हुँ भन्नै लाज लाग्छ : सुजाता

अमर खड्का, इटहरी, साउन ८- उपप्रधान एवम् परराष्ट्र मन्त्री सुजाता कोइरालाले राजनीतिक दलले मुलुकलाई निकास दिन दलीय स्वार्थभन्दा माथि उठेर उच्चस्तरीय सहमति नगरेसम्म प्रधान मन्त्री परिवर्तन गर्नुको औचित्य नहुने बताएकी छन्। उनले आफूलाई मन्त्री भन्नै लाज लाग्ने पनि बताइन्।

'सहमतिको राजनीति नगर्दा वर्तमान सरकारसमेत असफल भयो, अब पनि सहमति, सहकार्य र एकता नगरी अगाडि बढेमा प्रधान मन्त्री र मन्त्री हुनेहरुको रहरमात्र पूरा हुनेछ,' शनिबार मन्त्री कोइरालाले इटहरीमा सञ्चारकर्मीसँग भनिन्। दुई पटकसम्म प्रधान मन्त्रीका लागि संसदमा मतदान भएर पनि कोही निर्वाचित नभएकोमा पुनः साउन–१७ गते बहुमतीय आधारमा मतदान भएमा समस्या यथावत् रहने उनले जिकिर गरिन्।

'मुलुक अनिर्णयको बन्दीमा रहेकाले अहिले म मन्त्री छु तर मलाई मन्त्री भन्न नै लाज लाग्छ। बाध्यतावस बस्नुपरेको छ,' कोइरालाले भनिन्- जब मुलुकको समस्या समाधान गर्न सकिँदैन भने त्यस्तो सरकारको मन्त्री–प्रधान मन्त्रीको कुनै औचित्य छैन्।' ठूला राजनीतिक दलले आ–आफनो हठ त्यागेर अनिर्णयको बन्दीबाट मुलुकलाई निकासा दिनुपर्ने दोहोर्‍याउँदै सहमति भएमा सरकारलाई समेत काम गर्न सहज हुने उनले बताइन्।

'सहमतिको राजनीतिको नेतृत्व नेपाली कङ्ग्रेसले गर्नुपर्छ,' कोइरालाले भनिन्- यदि कङ्ग्रेसले नेतृत्व गर्न नसके जसले संविधान निर्माण गर्न र शान्ति प्रकृयालाई निष्कर्षमा पुर्‍याउन नेतृत्व गर्छ सोही दललाई साथ दिनुपर्छ।' उनले १२ वर्षे सम्झौतादेखि अहिलेसम्म कङ्ग्रेसले नेतृत्वदायी भूमिका खेले पनि पछिल्लो समयमा आएर नेतृत्वदायी भूमिका खेल्न नसकेको प्रष्ट पारिन्।

कङ्ग्रेस केन्द्रीय सदस्यसमेत रहेकी कोइरालाले पार्टी नेतृत्वले आदर्श र विचार भुलेकाले पार्टी असफल हुँदै गइरहेको पनि बताइन्। उनले भनिन्- अरु पाटीमा निर्भर भएकाले कङ्ग्रेसले मुलुकलाई निकास दिन नसकेको हो। (नागरिक)

0 comments: