विश्वमणि पोखरेल, काठमाडौं, साउन १- कङ्ग्रेस नेतृत्वको सरकार बनाउन सहयोगका लागि कङ्ग्रेसले माओवादीसमक्ष गरेको आग्रहमा माओवादी मौन रह्यो। उसले हुन्छ नभनेको र हुन्न पनि नभनेको कङ्ग्रेस प्रवक्ता अर्जुननरसिंह केसीले बताए। उनले भने- यस आग्रहमा माओवादी चूप रह्यो । प्रवक्ता केसीका अनुसार कङ्ग्रेस नेतृत्वको सरकार बनाउन सहयोग गर्न गरेको आग्रहलाई माओवादीले कुनै जवाफ दिएन । केसीले भने- उहाँहरु चूप रहनुभयो। केही बोल्नुभएन। केसीले माओवादीको धारणा सकारात्मक र नकारात्मक दुवै भन्न नमिल्ने बताए। केसीले अवधारणापत्रमा छलफल जारी रहने जानकारी पनि दिए।
यसैगरी वार्तामा माओवादीले असार २६ गते राखेको राजनीतिक प्रस्ताव र नेपाली कङ्ग्रेसले असार ३२ गते राखेको प्रस्तावमाथि छलफल भएको छलफल भएको माओवादी अध्यक्ष पुष्पकमल दाहालले बताए।
उनले यी दुई अवधारणामाथि छलफल हुनाको साथै शान्ति प्रक्रियाबारेको चिन्ता र चासो व्यक्त भएकाले आगामी दिनमा पनि औपचारिक/अनौपचारिक छलफल जारी रहने जानकारीसमेत दिए।
उनले आज पहिलो पटक नेपाली कङ्ग्रेसको सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजना गरिएको वार्तामा सहभागी भएको खुलाए।
वार्तामा एनेकपा माओवादीका तर्फबाट अध्यक्ष दाहाल, नारायणकाजी श्रेष्ठ, मोहन वैद्य र कङ्ग्रेसका तर्फबाट सुशील कोइराला, रामचन्द्र पौडेल, विमलेन्द्र निधी, अर्जुननरसिंह केसी, प्रकाशमान सिंहलगायतका नेता सहभागी थिए। (nagariknews)
Saturday, July 17, 2010
कङ्ग्रेसको सहयोग प्रस्तावप्रति माओवादी चूप
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment