मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Monday, July 26, 2010

‘इराकमा अलपत्र नेपालीहरुको उद्वार गर्न सरकार तयार’

धेरै नेपालीहरु घर फर्काइएमा अर्थतन्त्रलाई अर्बौं रुपियाँको नोक्सानी हुने ठानिएको छ
इराकबाट एकैपटक नेपाली कामदार घर फर्किनु परेमा हजारौं मानिसहरुले रोजगारी गुमाउनेछन् भने देश भित्रिने अरबौं रुपियाँ रेमिटेन्स गुम्नेछ।

श्रम मन्त्री मोहमद आफताब आलमले प्रतिबन्ध लगाइएको देशमा त्यत्ति धेरै नेपालीहरु पुगेकोमा सरकार आश्चर्यचकित भएको प्रतिक्रिया दिए।

“अब हामी उनीहरुको उद्वारको निम्ति के गर्न सकिन्छ, एक दुई दिनमै निर्णय गरिहाल्छौं,” बीबीसीसंगको कुराकानीमा मन्त्री आलमले भने।

पत्र
इराकमा काम गर्न प्रतिबन्ध लगाएका देशका कामदारलाई घर फर्काइ दिनु भन्दै अमेरिकी सेनाको इराक कमाण्डले कामदार आपूर्ति गर्ने बहुराष्ट्रिय कम्पनीहरुलाई पत्र पठाएको छ।

अमेरिकी सुरक्षा फौजका इराकस्थित सिनियर कन्ट्याक्टिङ अफिसरद्धारा जारी २० दिने सूचना अनुसार ती कामदारहरुले साउन २३ गतेसम्म इराक छोडी सक्नु पर्ने छ।

यही सूचनाका आधारमा आफ्ना नागरिकलाई इराकमा काम गर्न प्रतिबन्ध लगाएका नेपाल र फिलिपिन्सका कामदारहरु स्वदेश फर्किनु पर्ने भएको हो।

प्रभावित
इराकको राजधानी बगदादस्थित एउटा सुरक्षा सम्बन्धी कम्पनीमा अधिकृत तहमा काम गर्दै आएका काठमाण्डौं गोंगबुका देउमान तामाङ्ले अमेरिकि सेनाको पछिल्लो निर्णयले धेरै नेपाली प्रभावित भएको जनाएका छन्।

इराकमा हाल विदेशी कामदारलाई खतरा नभएको उनको भनाई छ।

उनले सरकारले कुटनीतिक पहल गरी नेपालीलाई एकै पटक स्वदेश फर्किनबाट रोक्नु पर्ने बताए।

इराकमा ६ वर्ष अघि आतंककारी समूहद्धारा १२ जना नेपाली कामदारको हत्या भएपछि सरकारले त्यहाँ काम गर्न जान प्रतिबन्ध लगाएको थियो।

इराकमा जान लागेको प्रतिबन्ध फुकुवा गर्ने विषयमा समेत छलफल गरेर निर्णय लिन सरकार तयार छ।
मोहम्मद आफताब आलम, श्रम मन्त्री
प्रतिबन्ध हुँदाहुँदै पनि नेपाली कामदार जाने क्रम नरोकिएपछि सरकारले राहदानीमा समेत इराकमा काम गर्न प्रतिबन्ध लगाएको वाक्यांश लेख्दै आएको छ।

तर इराकमा रहेका नेपालीहरुद्वारा नवगठित रोजगार बचाउ समितिले नेपाल सरकारले अन्य देशले जस्तै इराकमा काम गर्न लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने माग गरेको छ।

समितिका अध्यक्ष तामाङ्ले यसबारे प्रधानमन्त्रीको कार्यालय, परराष्ट्र र श्रम मन्त्रालयमा पत्राचार गरिसके पनि कुनै निकायले पनि जवाफ नदिएको बताए।

फुकुवा
श्रम मन्त्री आलमले बीबीसीलाई बताए अनुसार इराकमा रहेका कतिपय नेपालीहरुको माग अनुसार त्यहाँ जान लागेको प्रतिबन्ध फुकुवा गर्ने विषयमा समेत छलफल गरेर निर्णय लिन सरकार तयार छ।

इराकमा कार्यरत नेपालीहरुका अनुसार विभिन्न बहुराष्ट्रिय कम्पनीहरु मार्फत अहिले त्यहाँ विभिन्न तहमा गरी करीव ३० हजार नेपालीहरुले काम गरीरहेका छन्।

इराकमा विभिन्न ठाउँमा छरिएका अमेरिकी बेस क्याम्पहरुमा नेपालीले सुरक्षा गार्ड, कुक, वेटर, चालक, सिकर्मी, प्लम्बर, साधारण कामदार, कार्यालय सहायक तथा सूचना प्रविधि सम्बन्धी प्राविधिक कार्यालयमा अधिकृत सम्मको काम गर्दै आएका छन्। (BBC)

0 comments: