काठमाडौं, साउन १२ (नागरिक) - एकीकृत नेकपा माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले आगामी साउन १७ गतेभित्रै सैद्धान्तिक सहमति गरेर राष्ट्रिय सरकार बनाउने र त्यसो गर्न नसकेमा १७ गतेपछि अन्य प्रकृयाबाट पनि राष्ट्रिय संयुक्त सरकारका बन्न सक्ने संकेत गरेका छन्। बेलायती राजदूत एन्ड्रिउ हलसँगको भेटमा भट्टराईले राष्ट्रिय सरकारको विकल्प हुनसक्ने बताए।
हलले भट्टराईसँग आज बिहान भेट गरेका हुन्। भेटमा राजदूत हलले नेपालको राजनीतिक भविष्यको बारेमा भट्टराईको धारणा लिएका थिए। भट्टराईका सहयोगी विश्वदीप पाण्डेका अनुसार भट्टराईले मुख्य दलहरु सम्मिलित राष्ट्रिय सरकारको विकल्प नभएको बताए।
उनले अहिलेको जस्तो सरकारले शान्ति र संबिधान निर्माण गर्न नसक्ने समेत दावी गरे। हल आफ्नो कार्यकाल सकेर बेलायत फर्किँदै छन्। उनको यो विदाई भेट हो। भट्टराई निवासमा भएको भेटमा भट्टराईले माओवादी, कांग्रेस, एमाले र मधेसवादी दलसहितको राष्ट्रिय संयुक्त सरकारले मात्र संबिधान निर्माण र शान्ति प्रकृयालाई पूर्णता दिनसक्ने बताएको पाण्डेले बताए।
Wednesday, July 28, 2010
१७ गतेसम्म प्रधानमन्त्री नछानिए अरु विकल्प खोज्नुपर्छ: भट्टराई
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment