मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Monday, July 19, 2010

ओलीलाई कार्यबाहक अध्यक्ष र सभासद बनाउने नेपालको प्रस्ताव अस्वीकार

केन्द्रीय समिति बैठक सुरु-
उजीर मगर, काठमाडौं, साउन ३- एमालेका वरिष्ठ नेता केपी ओलीलाई कार्यबाहक अध्यक्ष र सभासद् बनाउन प्रधान मन्त्री माधवकुमार नेपालले राखेका प्रस्ताव झलनाथ पक्षधर नेताहरुले अस्वीकार गरेका छन्। यो प्रस्ताव स्वीकार गरिएमात्र झलनाथलाई प्रधान मन्त्रीका लागि सहयोग गर्न सकिने भनाइ नेपाल पक्षधरको थियो।

आज बिहान प्रधान मन्त्री निवासमा एमालेका उच्चस्तरीय नेताहरुको बैठकमा प्रधान मन्त्री यस्तो प्रस्ताव राखेका स्रोतको भनाइ छ। तर झलनाथ पक्षधरले यसमा ठाडै विमति जनाएपछि बैठक निष्कर्षमा पुग्न सकेको थिएन। जसमा अध्यक्ष झलनाथ खनाल, केपी ओली, ईश्वर पोखरेल, भीम रावललगायत् थिए।

यसैबीच प्रधान मन्त्रीमा कसलाई उठाउने वा कुन दललाई समर्थन गर्ने भन्ने निर्णय गर्न अहिले एमालेको केन्द्रीय समिति बैठक सुरु भएको छ।

बैठकले पार्टी अध्यक्ष झलनाथ खनाललाई प्रधान मन्त्रीमा उम्मेद्‍वार बनाउने स्रोतको भनाइ छ। एमालेले खनाललाई माओवादीले समर्थन गर्ने आशा गरे पनि आजै माओवादी नेता टोपबहादुर रायमाझीले माओवादीले झलनाथको उम्मेद्‍वारीलाई समर्थन नगर्ने बताइसकेका छन्।

ओलीलाई शीलाकतिला, पासाङ शेर्पा, भगवती चौधरीलगायत् सांसदको ठाउँमा लैजान सकिनेबारे पनि बैठकमा छलफल भएको थाहा भएको छ। (nagariknews)

0 comments: