मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Saturday, July 24, 2010

घरमा एक, बाहिर अनेक

प्रतिमा बाँस्कोटा, काठमाडौ, श्रावण ८ - उदाहरण १. घरमा जेठी श्रीमती हुँदाहुँदै झुक्याएर आफूलाई भगाएको आक्रोशमा बिहीबार सतुंगलमा एक महिलाले श्रीमान्को हत्या गरिन् । नुवाकोटकी गीता मगरले रामेछापका हर्कबहादुर थापा विकको घाँटीमा सलले कसेर हत्या गरेकी हुन् । दुई महिनाअघि पहिलो बिहे भन्दै विकले मगरलाई सतुंगलस्थित डेरामा राखेका थिए । उनकी जेठी श्रीमती र छोराछोरी बालाजुमा बस्दै आएका रहेछन् । रक्सी पिएर आएका श्रीमान्ले जेठी श्रीमतीसमेत रहेको बताएपछि १ गते राति २ बजे मारेको बयान उनले प्रहरीलाई दिएकी छन् । श्रीमान्को हत्यापछि भागेर नुवाकोट पुगेकी उनलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ ।

उदाहरण २. हिरासतमा रहेका काभ्रेस्थलीका सरोज फुयालले प्रेमिकाको मायामा लठ्ठ भएर श्रीमतीको हत्या गरेको बयान दिए । २२ वषर्ीय उनले १८ बर्षीया श्रीमती अञ्जु खनाललाई पोखरामा गला दबाएर हत्या गरेका थिए । पारिवारिक दबाबमा परेर विवाह गरेका फुयालले ६ वर्षदेखि प्रेमसम्बन्ध रहेकी कोपिला फुयाललाई पाउन श्रीमतीको हत्या गरेको बताए ।

उदाहरण ३. असार ३० गते भैरहवाको सैनामैनास्थित चौथो डिभिजनअन्तर्गतको कृष्णसेन स्मृति बि्रगेडका दुई माओवादी लडाकु चन्द्रबहादुर बोहरा र विष्णु न्यौपाने पनि माया प्रेमकै कारण मारिए । बोहराकी श्रीमती सम्झना छेत्रीले अर्का माओवादी लडाकु माधव घिमिरेसँग बिहे गर्न पतिसहितको हत्या गराएकी थिइन् । छेत्री र घिमिरेबीच बढेको प्रेम सम्बन्धलाई अन्तिम रूप दिन बोहराको मृत्यु आवश्यक ठान्दै उनीहरूले जंगलमा लगेर पेय पदार्थमा विष हालेर दिएपछि बोहरा र न्यौपाने मारिएका थिए ।

एक साताका यी घटनाले प्रेम सम्बन्धमा अपराधीकरण ह्वात्तै बढेको अवस्था देखाउँछन् । बिहेपछि पनि बाहिरिया सम्बन्धका कारण समाजमा प्रेममा शंका गर्ने ठाउँ र अविश्वासको खाडल बढेकाले अपराध मौलाएको समाजशास्त्रीहरू बताउँछन् । अर्की श्रीमती ल्याएर बेवास्ता गरेको, श्रीमान्ले विदेशबाट पठाएको पैसा लिएर श्रीमती अर्कैसँग गएकोजस्ता उजुरी महानगरीय प्रहरी परिसर हनुमानढोकामा दिनहुँ परिरहेका छन् । काखमा दूधे नानी च्यापेर श्रीमान्को खोजी गर्न वा श्रीमान्बाट अंश दिलाई माग्नेहरूको घुइँचोले परिसर भरिएको हुन्छ । 'श्रीमती काखे नानी च्यापेर रुँदै उजुरी हाल्न आउँछिन्, श्रीमान्लाई बोलाई दुई जनालाई मिलाएर पठायो, दुई दिनपछि फेरि रुँदै आउँछिन्,' परिसरको मुद्दा शाखाका एक प्रहरी अधिकृत भन्छन्, 'अर्कातिर दुःख गरेको कमाइ श्रीमतीले अर्कैका लागि खर्च गरेको पीडा लिएर आउने पनि हुन्छन् ।' यस्ता समस्या खेप्दाखेप्दा गरेका उनी भन्छन्, 'आर्थिक लेनदेनका विषय मिलाउन सकिन्छ तर प्रेमसँग सम्बन्धित विषय मिलाउन मुस्किल हुँदो रहेछ ।'

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश खरेल नयाँ पुस्ताका इच्छा र चाहना नबुझी वैवाहिक सम्बन्धका लागि बाबु आमाले जबर्जस्ती गर्न नहुने सुझाव दिन्छन् । 'बिहेअघि छोरा वा छोरीको प्रेमसम्बन्ध अरूसँग छ/छैन, खुलेर सोध्नुपर्छ, बाध्यतामा पार्नु हुँदैन,' उनी भन्छन्, 'नयाँ पुस्ताका युवायुवतीलाई आफ्नो निर्णय आपै+m गर्न दिनुपर्छ तर सही वा गलत छुट्टयाइदिने काम अभिभावकको हो ।'

काठमाडौंका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद ढकाल प्रेम सम्बन्धका कारण एकले अर्कालाई मार्ने प्रवृत्तिले समाजलाई अराजकतातिर धकेल्ने बताउँछन् । सहरीकरण सँगसँगै संयुक्त परिवार नरहेका कारण पनि यस्तो प्रवृत्ति बढेको उनको ठम्याइ छ । 'संयुक्त परिवार हुँदा बिहे, सम्बन्ध विच्छेदजस्ता निर्णय पारिवारिक रूपमा हुन्थे तर अब त्यो छैन, खुसी पर्दा बिहे गर्‍यो नपर्दा छाड्यो, नैतिकता घटेर यस्ता घटना बढेका हुन् ।'

डाक्टर चूडाबहादुर श्रेष्ठ आधुनिक संस्कृतिको अनुशरण गर्ने युवा जमातमाझ पहिलेको प्रेम सम्बन्धपछि अपराधीकरणमा बढेको बताउँछन् । धेरैजसो १६ देखि २१ वर्षसम्मका युवा-युवतीबीच माया पिरती गाँस्ने चलन बढी भएको उल्लेख गर्दै उनी भन्छन्, 'खुला समाजका कारण यो प्रवृत्ति बढेको हो ।' 'प्रेम सम्बन्धको एउटा हदमा पुगेपछि भावनात्मक रूपमा उनीहरू एकअर्काप्रति समर्पित भएका हुन्छन्, त्यति बेला कोही बाधक भयो भने उनीहरू अपराध गर्नसमेत पछि पर्दैनन्,' उनी थप्छन्, 'उनीहरूलाई त्यो अपराध गरेबापत के सजाय हुन्छ समेत थाहा छैन ।' उनले विद्यालयदेखि प्लस टुसम्मका विद्यार्थीलाई त्यसका विषयमा ज्ञान दिनुपर्ने सुझाव दिए । (ekantipur)

0 comments: