मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Sunday, July 18, 2010

एमआरपी ठेक्काको टुंगो आज लाग्ने

काठमाडौं, साउन २ (नागरिक)- परराष्ट्र मन्त्रालयले एमआरपी छनोट प्रक्रियाका सम्पूर्ण कागजात आइतबार संसद्को सार्वजनिक लेखा समितिमा पेस गर्ने भएको छ। समितिले एमआरपी टेन्डरसम्बन्धी विवाद भएपछि मंगलबार परराष्ट्रलाई यससम्बन्धी सम्पूर्ण पेस गर्न निर्देशन दिएको थियो।

समितिले दिएको पाँचदिने म्याद आइतबार सकिँदै छ। परराष्ट्रका सहप्रवक्ता हरिशचन्द्र घिमिरेले सम्भवत आइतबार लेखा समितिलाई कागजात बुझाइने जानकारी दिए।

समितिले एमआरपी टेन्डर पाएको फ्रान्सस्थित ओबरथर कम्पनीले मापदण्डबमोजिम कागजपत्र पेस गरे/नगरेको यथार्थ अध्ययन गर्न कागजात पेस गर्न निर्देशन दिएको हो।

एमआरपी प्रक्रियासम्बन्धी जानाकार परराष्ट्रका एक अधिकारीले आइतबारै ओबरथरले ठेक्का पाउने/नपाउने निर्णय हुने सम्भावना व्यक्त गरेका छन्। ‘सम्भवतः आइतबारसम्म उजुरी सम्बन्धमा निर्णय हुनेछ,' ती अधिकारीले भने। सार्वजनिक खरिद ऐनअनुसार उजुरी दिएको पाँच दिनभित्र टेन्डर आह्वानकर्ताले त्यससम्बन्धी निर्णय लिइसक्नुपर्छ।

ओबरथरले एमआरपी पर्सनालाइजेसनका निम्ति दक्षिण कोरियाली पार्क एन्ड ओपिसी नामक कम्पनीले उत्पादन गरेको प्रिन्टर प्रयोग गर्ने प्रस्ताव गरेको छ, जुन प्रतिस्पर्धी कम्पनीले मन्त्रालयले तोकेको मापदण्डभन्दा कमसल भएको दाबी गर्दै आएका छन्।

प्रतिस्पर्धी कम्पनीद्वय इन्डोनेसियाली पेरम पेरुरी र बेलायती देलारूले ओबरथरले कमसल प्रिन्टर प्रयोगको प्रस्ताव गरेको र नक्कली कागजपत्र पेस गरेको भनी उजुरी दिएपछि मन्त्रालयले अध्ययन गरिरहेको छ। मंगलबारै यी कम्पनीले मन्त्रालयमा लिखित उजुरी दिएका थिए।

0 comments: