मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Sunday, July 11, 2010

'अनमिन माओवादीसँग मिल्यो'

काठमाडौं, असार २७ (नागरिक)- कांग्रेसले राष्ट्रसंघीय शान्ति मिसन (अनमिन)ले माओवादीसँग मिलेर लडाकु समायोजन तथा पुनर्स्थापना कार्ययोजना ल्याएको आरोप लगाएको छ।
कांग्रेस कार्यवाहक सभापति सुशील कोइरालाले अनमिनको कार्ययोजना माओवादीसँग मिलेर तयार भएको बताएका छन्। शनिबार बसेको कांग्रेस पदाधिकारी बैठकपछि नागरिकसँग उनले भने, 'यो सबै काम मिलोमतोमा भइरहेको छ।'

अनमिनले माओवादी लडाकु समायोजन र पुनर्स्थापना गर्न ६० साता लाग्ने प्रस्ताव तयार गरेर राजनीतिक दलहरूलाई छलफलका लागि पठाएको छ। संविधानसभाको म्यादभित्र लडाकु समायोजन लगायतका संविधान निर्माणका काम सम्पन्न भइसक्नुपर्ने संवैधानिक प्रावधानविपरीत ६० साता लामो अनमिनको प्रस्तावमा माओवादीबाहेक दलले विरोध जनाएका छन्। अनमिनको म्याद २ महिना मात्र बाँकी छ।

प्रधानमन्त्री माधवकुमार नेपालले अनमिनले आफ्नो क्षेत्राधिकार बाहिर गएर संविधान बन्न नदिने काम गरेको आरोप लगाएका छन्। शनिबार नागरिकमा प्रकाशित अनमिन कार्ययोजनासम्बन्धी समाचारमा नेपालले भनेका छन्, 'सरोकारै नभएका पक्षले ६० साताको कुरा ल्याइरहेका छन्, अनमिन आफ्नो सीमाभन्दा बाहिर जानु गलत हो।'

0 comments: