१४ जेठ, काठमाण्डौ । नागरिक मञ्च, नेपालका संस्थापक जीपी (गंगाप्रसाद ढुंगेल)लाई शुक्रबार बिहान ललितपुरस्थित हरिसिद्धी प्रहरी कार्यालयले पक्राउ गरेको छ । नेपाली युवाहरुबाट कीर्ते कागजातका आधारमा भूटानी शरणार्थी बनाई अमेरिका लैजान्छु भन्दै करोरौं रकम संकलन गरेको आरोप लागेका ढुंगेललाई रकम फिर्ता नपाएका पीडितहरुले प्रहरी चौकीमा पुर्याएका हुन् । उनलाई जिप्रका ललितपुरमा ल्याएर ठगीको आरोपमा कारवाही चलाउन लागिएको स्रोतले बताएको छ ।
पुतलीसडकमा ‘नागरिक मञ्च नेपाल’ नामक संस्था खोलेर ठूला सरकारी अधिकारीहरुदेखि लिएर समाजका प्रतिष्ठित व्यक्तिहरुलाई सम्मान गर्दै आएका ढुंगेलले नागरिक समाजको आडमा नक्कली कागजात तयार गरी मानिसलाई ठगी गर्दै आएको समाचार यसअघि विभिन्न पत्रपत्रिकाहहरु र टेलीभिजनमा समेत प्रकाशित हुँदै आएको थियो । मान्छे अमेरिका लैजाने उनको धन्दामा सान इन्टरनेशनल कलेजका नारायण श्रेष्ठको पनि संलग्नता रहेको बताइन्छ । नेपाल भ्रमणका तीन दिन नामक किताव निकालेर ढुंगेलले श्रेष्ठको महिमासमेत गाएका छन् । गायक यम बरालले पनि आफ्ना केही आफन्तहरु ढुंगेलबाट ठगिएको बताउँदै आएका छन् ।
यसैवीच खीरुमाया थापा नाम गरेकी महिलाबाट ढंगेलले ५ लाखभन्दा बढी रकम लिएर नतिरेको स्रोतले बतायो । उनलाई रकम माग्दा ढुंगेलले नक्कली चेक दिएका थिए । उता दीपेन्द्र क्षेत्रीलाई पनि आफ्नो रकम फिर्ता माग्दा करिब ४ लाख बराबरका दुईवटा नक्कली चेक काटेर दिएको बताइन्छ ।
तर, ठूला मान्छेहरुसम्म पहुँच बनाएका ढुंगेल माथिल्लाहरुको सोर्सफोर्सबाट तत्काल छुट्ने हुन् वा प्रहरीले पीडितलाई न्याय दिने हो, त्यो भने हेर्न बाँकी नै छ । इलाम घर भई हरिसिद्धीस्थित हाउजिङ्गमा घर किनेर अर्धभूमिगत बस्दै आएका ढुंगेलले सभामुख सुभासचन्द्र नेम्वाङसमेत आफ्नो मान्छे भएको बताउँदै आएका छन् । आर्थिक अवस्था कमजोर रहेका ढुंगेलले हाउजिङको सो घर ठगीकै पैसाले किनेको स्रोतको दाबी छ । यसअघि उनले कालीमाटीमा घर किनेका थिए, पछि पीडितहरुबाट जोगिन उनी ललितपुर सरेका हुन् ।
झापाको बिर्तामोडमा संगीत विद्यालय खोलेर त्यसैको आवरणमा उनले नेपालीलाई भूटानी शरणार्थी बनाउने धन्दा चलाउँदै आएको स्रोतको दाबी छ । (onlinekhabar)
Friday, May 28, 2010
‘नागरिक मञ्च’का जीपी ढुंगेल पक्राउ
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment