मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Tuesday, May 25, 2010

माधव-ओली गुटका एघार अपराध, राष्ट्रघातदेखि जनघातसम्म

कठपुतली सरकारका प्रधानमन्त्री माधवकुमार नेपाल, एमालेको केपी शर्मा ओली गुट, कुनै बेला अनेरास्ववियुका नेता फणीन्द्र तिमल्सिनाका हत्यारासमेत रहेका विजय गच्छदार र काङ्ग्रेसको उग्र दक्षिणपन्थी यथास्थितिवादी गुट यतिखेर नयाँ षड्यन्त्रमा लिप्त छ । त्यो षड्यन्त्र हो-राष्ट्रिय सहमतिको सरकार गठनमा अनेक सर्त तेस्र्याएर दलहरूबीच सहमति हुन नदिने, कठपुतली सरकारलाई जेठ १४ गतेसम्म लम्ब्याउने, सहमति हुन नसकेको दोष जति माओवादीलाई दिएर मुलुकमा सङ्कटकाल लगाउने र अन्ततः मुलुकलाई गृहयुद्धमा लैजाने । अनि हतियार माफियाबाट कमिसन कुम्ल्याउने । यही षड्यन्त्रविरुद्ध यतिखेर हरेक राजनीतिक दलहरूमा तीव्र धु्रवीकरण प्रारम्भ भएको छ । यो धु्रवीकरणको पहिलो दुन्दुभी फुक्नुभएको छ, एमाले उपाध्यक्ष वामदेव गौतमले । एमालेका इमानदार कार्यकर्तामा यतिखेर विदेशी प्रभुको इशारामा देश र जनताविरुद्ध षड्यन्त्र गरिरहेको माधव-ओली गुटप्रति तीव्र असन्तोष, आक्रोश र घृणा उत्पन्न भइरहेको छ । यहाँ प्रस्तुत छ, केपी-माधव गुटले विगत र वर्तमानमा देश र जनताविरुद्ध गरेका एघार अपराधको विवरणः
१. देशभक्त भएकै कारण एमालेका राष्ट्रवादी नेता मदन भण्डारीको रहश्यमय हत्या भयो । नेपालको राष्ट्रवादी आन्दोलनलाई तुहाउनकै लागि विस्तारवादीहरूले मदन भण्डारीको हत्या गराएको अहिले आएर स्पष्ट भइसकेको छ । र, सो हत्यामा एमालेभित्रकै केही गद्दारहरूको संलग्नता रहेको चर्चा उसबेलै चलेको हो । जुन दिन माधव-ओली गुटले राष्ट्रघाती महाकाली सन्धिको पक्षपोषण गर्‍यो, त्यसैदिन मदन भण्डारीको हत्याको अन्तर्वस्तु र त्यसमा संलग्न पात्रहरूको पनि पर्दाफास भयो । माधव-ओली गुटको राष्ट्रघाती र मित्रघाती चरित्रविरुद्ध एमालेमा विभाजन नै भयो ।
२. विगत बाह्र वषर्ीय संसदीय कालखण्डलाई विकृति र विसङ्गतिको कालखण्ड बनाउन एमालेको माधव-ओली गुटले सत्ता समीकरणका धेरै अश्लील खेलहरू खेलेको छ । बल्खु दरबारमा सांसदहरूलाई थुन्ने, पार्टी कार्यालयमा रक्सीको खोलो बगाउने र रातीराती अश्लील चलचित्रसमेत देखाउने व्यवस्था गरियो । त्यसबेला पार्टीको निर्देश्ानमा सांसदहरूलाई थुन्ने जिम्मेवारी लिएका केशव स्थापितले पछि यो कुराको खुलासा गर्दै भने, ‘मैले केपी कमरेडको आदेशमा सांसदहरूलाई ब्लु फिल्म देखाएको हुँ ।’
३. देउवा सरकार ढाल्न र पूर्वपञ्च लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाउन एमालेले महामण्डले दीपक बोहरालाई पचास लाख रुपियाँ दिएको थियो । जुन रकम पछि बोहरा एक्लैले पच पारेका थिए । सो पचास लाखको हिसाब पार्टीमा बुझाउन नसक्दा माधव-ओली गुटले रातो मुख पार्नु परेको थियो ।
४. माधव नेपाल एमालेको महासचिव भएपछि पार्टी कार्यालयमा विदेशी कूटनीतिक नियोगका मानिसहरू आउने भए । सो कुरा चाल पाएपछि माधवकुमार नेपालले पार्टी कार्यालयमा रहेका माक्र्स, लेनिन र एङ्गेल्सका तस्बिरहरू हटाउन लगाएका थिए । आफूहरू कम्युनिस्ट पार्टी नरहेको कुरा विदेशीहरू सामु सावित गर्न माधव-ओली गुटले देखाएको सो विदेशपरस्त रवैया त्यसयता कायमै छ ।
५. संसदीय कालखन्डमा केपी-माधव गुटले एमालेलाई राजनीतिक रूपमा सुधारवादी, अवसरवादी र ढुलमुलपन्थी, आर्थिक रूपमा विदेशी एकाधिकार पुँजीपतिको दलाल र सामाजिक रूपमा वर्गसमन्वयवादी पार्टीका रूपमा विकसित गराए । र, एमालेलाई भाइकाङ्ग्रेस बनाए । एमाले सर्वहारा वर्गबाट पेटी बुर्जुवाहरूको पार्टीमा परिणत भयो । एमालेका कार्यकर्तालाई पार्टी सङ्गठनमा भन्दा एनजीओमा आवद्ध पारियो र विदेशी डलरमा बिक्ने दासमा परिणत गर्न खोजियो । त्यसवापत माधव-ओली गुटले विदेशी प्रभुबाट करोडौं रुपियाँ शुभलाभ पाए । अहिले माओवादीविरुद्ध विषबमन गर्दैर् आएका इन्सेकलगायतका एमाले निकटका एनजीओहरू सीआईए र ‘र’को पैसामा चलिरहेको तथ्य स्पष्टै छ । पार्टीको तर्फबाट एनजीओको नेतृत्व गरेर प्रदीप नेपालले लामो समय केपी-माधव गुटको ताबेदारी गर्दै आए । प्रदीप नेपालको ‘ब्रेन ट्युमर’को उपचार गर्न लाग्ने एक करोड रुपियाा विदेशी प्रभुले उपलब्ध गराएको चर्चा एमालेमा अझै सेलाएको छैन । यसरी विदेशीको ताबेदारी गरेर माधव र केपीले काठमाडौंमा आलीशान महल ठडयाए । त्यो देखेर एमालेका इमानदार कार्यकर्तामा आक्रोश पत्रपत्र बनेर जम्दै गयो । र, अहिले त्यो विष्फोट भएको छ ।
६. शाही शासनकालमा एमालेको केपी-माधव गुटले घुमाइफिराइ ज्ञानेन्द्रको कदमको समर्थन गर्‍यो । माधव नेपाल र केपी ओलीबीच त्यसबेला कसले ज्ञानेन्द्रको ताबेदारी गरेर प्रधानमन्त्री पद पड्काउने भन्ने होडबाजी भएको थियो । राजाले माधव र केपीलाई बेग्लाबेग्लै दर्शन भेट दिएर दुवैलाई प्रधानमन्त्री बनाउने प्रलोभन दिएका थिए । तर, उनले थापा र चन्दजस्ता पुराना अनुचरहरूलाई छाडेर माधव-ओलीजस्ता नयाँ अनुचरलाई प्रधानमन्त्री बनाएनन् । कालान्तरमा माधव-ओली गुटले एमालेलाई शाही सरकारको खेताला बनाए र प्रतिगमन आधा सच्चियो भन्दै एमालेलाई ज्ञानेन्द्रको सरकारमा सहभागी गराए ।
७. ज्ञानेन्द्रको शासनविरुद्ध सात दल-माओवादीबीच भएको बाह्रबुँदे समझदारीलाई केपी ओलीले खुलेर विरोध गरेका थिए । अनि सोही समझदारीको जगमा भएको शान्तिपूर्ण आन्दोलनको विरोधमा जथाभावी अभिव्यक्ति दिएका थिए । केपी ओली आन्दोलनमा सहभागी पनि भएनन । बरु, देश आन्दोलनमा होमिएको बेला केपी ओलीले आफ्नो बालकोटस्थित निवासमा हृवीस्की र काजुको दाना खाँदै आन्दोलनको विरोध गरिरहे ।
८. केपी ओलीले नेपालमा गणतन्त्र स्थापना हुन्छ भन्ने कुरा कहिल्यै विश्वास गरेनन् । उनी गणतन्त्रको पक्षमा पनि रहेनन् । जब एमालेमा गणतन्त्रमा जाने कि नजाने भन्ने बहस सुरु भयो, त्यसबेला केपी ओलीले भनेका थिए, ‘नेपालमा गणतन्त्र स्थापना हुन्छ भन्ने कुरा गोरु गाडा चढेर झापाबाट काठमाडौं गएसरह हो ।’ तिनै केपी ओली मुलुकमा गणतन्त्र स्थापना भएपछि भने ठूलो भाग खान लाजै नमानी अघि सरे ।
९. मुलुकमा गणतन्त्र स्थापनापछि केही राजावादीहरूले राजतन्त्र फर्काउने झिनो षड्यन्त्र जारी राखे । र, सो षड्यन्त्रमा केपी ओलीको समेत सहयोग रहादै आयो । मुलुकमा गणतन्त्र स्थापनापछि पनि ‘बेबी किङ’को पक्षमा केपी ओलीले दरबारीयाहरूसँग पटकपटक भेटवार्ता गरेका छन् । राजधानीको एक पाँचतारे होटलमा केपी ओली र पूर्वराजाले सँगै डिनर पार्टी गरेको चर्चा एमालेमा अझै सेलाएको छैन । पछिल्लो कालखन्डमा सेनाभित्रका परम्परावादीहरूसँग ओली र विद्या गुटले बढाएको हिमचिमलाई यसै सन्दर्भमा हेरिएको छ । केपीले यतिबेला मुलुकलाई यथास्थिति हुँदै प्रतिगमनतर्फ धकेल्न प्रतिगामीदेखि विस्तारवादीसँगसमेत साँठगाँठ गरिरहेका छन् । तर, स्वयम् एमालेभित्र केपीको हालत कमजोर छ र उनी पार्टीमा बढी बकबक गर्ने, वैचारिक तर्क राख्न नसक्ने र गम्भीर विषयलाई पनि हासीमजाक बनाउने नेताका रूपमा चिनिन्छन् । रत्नपार्कमा शीलाजित बेच्ने चटकेजस्तै केपीमा बाकपटुता त छ, तर त्यसको गम्भीर अर्थ नेपाली राजनीतिमा छैन । उनको एकमात्र आधार हो, विदेशी प्रभुको दलाली ।
१०. एमालेको बिउ भनेको झापा विद्रोह हो । सो विद्रोहका ग्रामीण किसानहरूले सामन्ती शोषकहरूविरुद्ध हतियार उठाएका थिए । त्यो झापा विद्रोह सङ्गठित, योजनाबद्ध र परिपक्व नभएकाले सफल हुन सकेनन् । तर, झापा विद्रोहकै जगबाट उदाएका केपी ओलीले पछिल्लोकालमा आएर झापा विद्रोहको आलोचना गर्दै आए । झापा विद्रोहको धमास देखाएर उनी पार्टीमा हावी चाहिा भए, तर सोही विद्रोहको अपमान र उपहास गर्दै आए । झापा विद्रोहीहरूको अपमान गर्न थाले ।
११. झापा विद्रोहको अपमान गर्दै आएको एमालेमा बहुदलकालयता दुई वर्गको उदय भयो । एउटा, विदेशीको गुलामी गरेर आर्थिक रूपमा उक्सिएको वर्ग । अर्को, अभावका बीचमा पनि पार्टीमा रहेर सङ्घर्ष गरिरहेको इमानदार वर्ग । तर, एमालेभित्र माधव-ओली गुटको अत्याचार र सुविधाभोगी प्रवृत्ति कहाँसम्म बढ्यो भने उसले पार्टीका इमानदार कार्यकर्ताको समेत उपेक्षा गर्न थाल्यो । त्यसैको पछिल्लो विष्फोटक रूप हो- झापा विद्रोही डिकेन्द्र राजवंशीको आत्महत्या । आफ्ना छोराका लागि कतै जागिर पाइन्छ कि भनेर नेताहरूकहाा याचना गर्न बल्खु दरबार पुगेका डिकेन्द्रलाई सत्तामा रहेका एमाले नेताहरूले घोर अपमान गरे । छोराका लागि जागिर दिलाई पाउँ भनी बिन्ती गर्न गृहमन्त्री भीम रावलकहाँ पुग्दा रावलले अपशब्द बोल्दै डिकेन्द्रलाई हप्काए । एक सूत्रका अनुसार डिकेन्द्रलाई गृहमन्त्री रावलले र्झकंदै भनेका थिए, ‘के मैले तिम्रा छोरालाई जागिर लगाइदिने ठेक्का लिएको छु । यस्ता कुरा लिएर मकहाँ आउने हैन । तिमीजस्ता मानिस हजारौं छन् ।’ पार्टीकै मन्त्रीको सो हप्काइ असहृय भयो, डिकेन्द्रलाई । अनि उनले बल्खु दरबार परिसरमा रहेको खरीको बोटमा झुन्डिएर आत्महत्या गरे । डिकेन्द्रको आत्महत्या खासमा एमालेको पतनको एउटा सशक्त र कारुणिक विम्ब थियो । अझै कति डिकेन्द्रहरूले आत्महत्या गर्नुपर्ने हो एमालेमा ? अहिले यो प्रश्न एमालेका इमानदार कार्यकर्ताले गरिरहेका छन् ।
-सतिश चौधरी

0 comments: