मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Sunday, May 16, 2010

मिनिबसको ठक्करले हङकङमा नेपाली बालकको मृत्यु

निर्मल श्रेष्ठ हङकङ, जेष्ठ २ - मिनिबसले ठक्कर दिदा शनिबार साँझ यहाँ चार बर्षीय वाइज गुरुङको मृत्यु भएको छ । हङकङ जोर्डनस्थित क्यान्टोन रोडमा बाटो काट्दै गर्दा भएको घटनापछि तुरुन्तै नजिकैको क्वीन एलिजावेथ हस्पिटल पुर्‍याइएका भएपनि डाक्टरले नाबालक गुरुङको मृत्यु भइसकेको बताएका थिए ।

पिता शशी गुरुङ श्रीमती रितादेवी, एक छोरा र छोरीका साथ याउ मा तेइमा बस्दै आएको नाताले बालकका ठूलोबुबा पर्ने गौतम गुरुङले बताए । स्याङजाका स्थायी बासिन्दा उनीहरु एकदशक अघिबाट हङकङमा छन् । मिनिबस चालकलाई प्रहरी प्रक्राउ गरी अनुसन्धान राखेको छ ।

0 comments: