मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Sunday, May 16, 2010

मलेसियामा दुई नेपाली अपहरित, एक अझै बेपत्ता

क्वालालम्पुर, १६ मे । मलेसिया अपहरणकारीहरुले नेपालीहरुलाई अपहरण गर्न थालेका छन । एक हप्ताको बीचमा दुइ जना अपहरणमा परेकोमा १ जना छुटेका छन भने एकजनालाई अपहरणकारीहरुले बेपत्ता पारेका छन् । अर्धाखाँची जिल्लाको जलुके गाविस लामातालका अजय बहादुर ठडराई मलेसियाको राजधानी क्वालालम्पुरवाट अपहरणमा परेका छन । छ दिन अगाडि अपहरणमा परेको भएपनि उनी भर्खरै मात्रै सार्वजनिक भएका हुन् ।

उनको वारेमा अरु कुनै पनि खुलाइएको छैन । अपहरणकारीले करीव ५ लाख रुपैयाँ मागीरहेको खुल्नमा आएको छ यसैबीच आज भन्दा ६ दिन अगाडि अपहरणमा परेका बर्दिया जिल्ला घर भएका राजेन्द्र आले मगर हिजो मात्र अपहरण मुक्त भएका छन । साथीलाई जोहोरवारु भन्ने शहरबाट कम्पनी र्फकदै गर्दा मलेसियाको राजधानी क्वालालम्पुरबाट उनी अपहरणमा परेका थिए । ६ दिन सम्म अपहरणमा परेका मगरलाई अपहरणकारीले १० हजार आरएम अर्थात करिव दुईलाख २० हजार रुपैयाँ माग गरेकोमा उनी २ हजार ९ सय रुपैयाँ दिएर छुटेका थिए ।

अपहरणमा पर्दा अपहरणकारीले निकै यातना दिएको तथा पैसा नबुझाएमा मार्ने सम्मको धम्की दिँदै आएको थियो । उनलाई अपहरण मुक्त गराउन नेपाल पत्रकार महासंघ मलेसिया शाखा, गैर आवासिय नेपाली संघ, नेपाली राजद’तावास,लगायतका सघसस्था्हरुले सहयोगीको भुभिका खेलेका थिए । आले ५ महिना अगाडि मात्रै मलेसिया गएको बताईएको छ । (कृष्णसेन अनलाइन)

0 comments: