मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Thursday, May 27, 2010

बालिकाको मुत्युपछि पोखरा-बागलुङ राजमार्ग ठप्प

शिव शर्मा
कास्की-, जेष्ठ १३ - ट्रकको ठक्करबाट बिहीबार बिहान एक बालिकाको मुत्यु भएपछि पोखरा बागलुङ राजमार्ग ठप्प भएको छ ।

पोखराबाट १० किलोमिटरको दूरीमा रहेको हेमजा-६ सुइखेतमा ग १ ख ३३४९ नम्बरको मिनीट्रकले ठक्कर ११ वषिर्या सुशिला नेपालीको घटनास्थलमा मुत्यु भएको हो । पोखराबाट तरकारी बोकेर ट्रक बागलुङ जादै थियो ।

ठक्कर दिएपछि भागेको ट्रकलाई स्थानीय युवाहरुले एक किलोमिटर पर फेदीमा नियन्त्रणमा लिई आगो लगाएका थिए ।

घटनास्थलमा पुगेको प्रहरीले पानी हालेर ट्रकको पुरै भाग जल्नबाट जोगाएको थियो । आगो लगाइएको ट्रकको अग्रभाग जलेर काम नलाग्ने भएको छ ।

बालिकाको मुत्यु भएपछि सडकमा विभिन्न भागमा ढुङ्गा राखेर स्थानीयले अवरोध गरेका थिए । आक्रोसित स्थानीयले ट्रकमा सवार दिपक राईलाई चलाक भन्दै कुटपीट गरेका थिए । राईले आफू जोमसोममा गाडी चलाउने र यात्राका क्रममा ट्रकमा रहेको बताए । चालक प्रेम थापा भने फरार रहेका छन् ।

तीन दिन अघि मात्रै मृतक नेपालीलाई् आफ्नी आमाले हेमजा ल्याएकी थिइन । उनि स्थानीय अम्बिका माविमा ३ कक्षामा अध्ययन गर्थिन ।

घटनास्थलमै उनको मुत्यु भएपछि पोखराबाट बागलुङ, पर्वत, म्याग्दी जाने बसहरु अलपत्र परेका छन् । जथाभावी सवारी चलाउदा यो राजमार्गमा वर्षेनी सर्वसाधरणको ज्यान जाने गरको छ ।

0 comments: