काठमाडौं, जेठ १० (नागरिक)- परराष्ट्रविद् र नागरिक आन्दोलनका अगुवाहरूले मुलुकमा वैदेशिक हस्तक्षेप अहिलेसम्म कै सबैभन्दा उच्च रहेको दाबी गरेका छन्।
जनसञ्चार अभियानले आइतबार आयोजना गरेको साक्षात्कारमा उनीहरुले माधव नेपाल सरकार वैदेशिक शक्तिको आडमा रहेको समेत आरोप लगाए। भारतीय हस्तक्षेप बढ्दै गएको उनीहरुको टिप्पणी थियो।
पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले भारतले कुनै पनि समयमा हस्तक्षेपको नीति लिनसक्ने संकेत गरे। 'भारत सरकारले जहिले पनि पहिले पत्रकारमार्फत केही सङ्केत दिन्छ। त्योबाट आउने प्रतिक्रियाको आधारमा औपचारिक नीति ल्याउँछ,' पाण्डेले भने, 'अहिले पनि रेड सिग्नल दिइसकेको छ।'
भारतले नेपालीलाई सुरुमा बुई चढाउने, अङ्गालो मार्ने, महान नेता पनि भनिदिने र त्यसपछि चेतावनी दिंदै अल्टिमेटम दिने गरेको उनके भनाइ थियो। अहिले भारतको त्यो प्रवृत्ति बढ्दै गएको दाबी गरे। जेठ १४ को अवस्थापछि वैदेशिक चलखेल तीब्र हुनसक्नेतर्फ उनले दलहरूलाई सचेत रहन आग्रह गरे। उनले भने, 'जेठ १४ पछि राजनीतिमा भाँडभैलोको अवस्था आयो भने वैदेशिक हस्तक्षेप बढ्ने छ।'
नागरिक आन्दोलनका अगुवा डा.सुन्दरमणि दीक्षितले भारतले २००७ देखि हस्तक्षेप गर्दैआए पनि अहिले भने घाँटी नै निचुरिदिएको बताए। उनले भने, 'माधव नेपाल जानी जानी बिकेका छन्। नेपालमा भारतले नकिनेका नेता कमै छन्।' माधव नेपालले प्रधानमन्त्रीको पदबाट राजिनामा दिन नमान्दा नेपाली जनताले अहिलेसम्म प्राप्त गरेका उपलब्धी सबै गुम्ने अवस्थामा पुगेको उनको दाबी थियो।
इतिहासकार सुरेन्द्र केसीले नेपालको सुरुक्षा, सामाजिक, आर्थिक परिवर्तनको रिमोर्ट देशमा नभएको तर्क गरे। नेताहरू कम्जोर हुँदा वैदेशिक हस्तक्षेप बढ्ने गरेको बताउँदै उनले समस्या देशबाहिरको भन्दा देशभित्रकै रहेको बताए।
ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपालले प्रधानमन्त्री नेपालले राजिनामा नदिएर कुर्सीमा लिसोझैं टाँसिएर बसेको आरोप लगाए। उनले भने, 'माधव नेपाललाई यसरी कुर्सीमा टाँसिएर बस्ने शक्ति के हो त भन्दा भारत नै हो।'
Monday, May 24, 2010
'वैदेशिक हस्तक्षेप अहिलेसम्म कै उच्च'
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment