विराटनगर, जेठ ११ - सङ्खुवासभा तथा खोटाङको विभिन्न प्रहरी चौकीमा आक्रमण गरी विध्वंसात्मक क्रियाकलापमा लागेका किराँत जनवादी वर्कर्स पार्टीका एक केन्द्रीय नेतालाई प्रहरीले पक्राउ गरेको छ।
बेल्टारका स्थानीय बासिन्दा रहेका सो पार्टीका केन्द्रीय सदस्य पम्प राईलाई प्रहरीले बेल्टारबाट पक्राउ गरेको बताइएको छ ।
विशेष सूचनाका आधारमा पक्राउ परेका राईलाई पूर्व क्षेत्रीय प्रहरी कार्यालयमा थुनामा राखी अनुसन्धान भइरहेको बुझिएको छ।
विवश विद्रोही केन्द्रीय अध्यक्ष रहेको सो पार्टीले भूमिगतरुपमा विभिन्न क्रियाकलाप सञ्चालन गरिरहेको छ । - रासस
Tuesday, May 25, 2010
खोटाङमा प्रहरी चौकी आक्रमण गर्ने किराँत वर्कसका केन्द्रीय नेता पक्राउ
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment