मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Wednesday, May 26, 2010

प्रधान मन्त्रीको भनाइ सत्य हो भने केही दिनमै देश निरङ्कुशतातिर : दाहाल

प्रधान मन्त्रीसँग भेटपछिको प्रतिक्रिया-
काठमाडौं, जेठ १२ (नागरिक)- माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधान मन्त्री माधव नेपालसँगको भेटलगत्तै मुलुक निरङ्कुशतातिर जाने बताएका छन्। उनले सरकारले नै मुलुकलाई निरङ्कुशतातिर लान खोजेको आरोप पनि लगाए। बुधबार नेवार बुद्धिजीवीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सङ्घीयता, धर्म निरपेक्षता र गणतन्त्र धरापमा परेको भनाइ पनि राखे। उनले यस्तो बोल्नुअघि प्रधान मन्त्री नेपालसँग बालकुमारीस्थित एक घरमा ४५ मिनेट भेटवार्ता गरेका थिए।


'प्रधान मन्त्रीको भनाइ सत्य हो भने केही दिनमै देश निरङ्कुशतातिर जाँदैछ,' उनले भने- प्रधान मन्त्रीको कुरा सुन्दा धर्म निरपेक्षता, गणतन्त्र, सङ्घीयता सबै धरापमा परेको सङ्केत मिलेको छ।

0 comments: