मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Wednesday, May 26, 2010

जिपको ठक्करबाट बालकको मृत्यु

१२ जेठ, प्युठान । प्युठानको बाग्दुलामा जिपको ठक्करबाट एक बालकको घटनास्थल मै ज्यान गएको छ । बाग्दुलाबाट बाहाने जाँदै गरेको लु १ च २७४० नम्बरको जिपको ठक्करबाट प्यूठान स्याउलीवाङका चित्रबहादुर विकका दुई वर्षीय छोरा विशालको मृत्यु भएको प्युठान प्रहरीले जनाएको छ ।

घटना पछि मृतकका परिवारलाई क्षतिपूर्ति र चालकलाई कडा कारबाही माग गर्दै स्थानियबासीले बाग्दुला-बाहाने सडकखण्ड अवरुद्ध पारेका छन् । ठक्कर दिने जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । (onlinekhabar)

0 comments: