मोरङ (पानीटयाङ्की), जेष्ठ १३ - घाँटीको समस्या लिएर स्वास्थ्य उपचार गराउन विराटनगरस्थित कोसी नर्सिङहोममा आएकी एक १९ वर्षीया युवतीलाई त्यहाँका टेक्निसियनले कोठामा थुनेर चुम्बन गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर-१३ मा रहेको उक्त नर्सिङहोममा कार्यरत टेक्निसियन विष्णुप्रसाद शर्माले बुधबार अपराहृन झापाको झिलमिलेबाट आएकी ती युवतीलाई प्रारम्भिक जाँच गर्नेक्रममा कोठाभित्र एक्कासि लगातार चुम्बन गरेका थिए ।
बिरामी युवतीले बाहिर निस्केर शर्माले आफूलाई दुर्व्यवहार गरेको बताएपछि महिलाहरूले शर्मालाई तत्काल चप्पलले हिर्काउँदै प्रहरीलाई जिम्मा लगाएका थिए ।
बिरामीमाथि दुर्व्यवहार गर्ने शर्मालाई र्सार्वजनिक मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ । रासस
Thursday, May 27, 2010
विरामी चुम्बन गर्ने पक्राउ
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment