मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Wednesday, May 19, 2010

पत्थरीको शल्यक्रिया गर्दा डाक्टरले मिर्गौला झिकेको आरोप

पवन यादव
बारा, जेष्ठ ५ - पत्थरीको शल्यक्रियाको बहानामा बाराको दहियार गाविस वडा नं ६ निवासी ३९ वर्षिय बेचु जयसवालको मिर्गौला चोरी भएको छ । २० वर्ष अघि पत्थरीको शल्यक्रिया गराउन भारतीय सहर मोतिहारी पुगेका जयसवालको पत्थरीको उपचारको क्रममा स्थानिय डा. एमपी वर्माले बायाँ मिर्गौला झिकेको बुधबार रहस्य खुलेको हो ।

दायाँ मिर्गौलामा पनि पत्थरी देखिएपछि पुनः शल्यक्रियाको लागि मोतिहारीमा डा. आशुतोष सरण कहाँ पुगेको जयसवाललाई चिकित्सकले बायाँ मिर्गौला नभएको जनाएपछि आफ्नो होस गुमेको पीडितले बताए ।

एक महिना यता काठमाडौं मेडिकल कलेज सुन्दरी जलले समेत मिर्गौला नभएको पुष्टी गरेपछि उनी चिन्तित भएका छन् । मिर्गौला नभएको कारण हाल आफूलाई अत्यन्त पीडा महसुस हुने, रिङ्गटा लाग्ने लगायतकाको समस्या देखिएको जयसवाल बताउँछन् । (ekantipur)

0 comments: