मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Monday, May 17, 2010

मदन-आश्रतिको १७ औं स्मृति दिवस मनाइदै

३ जेठ । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन बिभाग प्रमुख जिवराज आश्रीतको चितवनको दासढुङगा दुर्घटनामा परेर निधन भएको आज १७ बर्ष पुगेको छ ।

२०५० साल जेठ ३ गते पार्टी कामको शिलशिलामा चितवनतर्फ जाँदैगर्दा दासढुङगामा जिप दुर्घटना हुँदा उहाँहरुको निधन भएको थियो । जनताको बहुदलीय जनवादका प्रर्वतक भण्डारी र कुशल संगठक आश्रीतको दुर्घटनाबाट भएको मृत्युलाई एमालेले हत्याको संज्ञा दिदै आएको छ ।

मदन आश्रीतको स्मृतिमा आज एमालेले राजधानी लगायत मुलुकभरी बिभिन्न कार्यक्रम गरेर उहाँहरुको स्मरण गरेको छ । दुर्घटनामा जिपका चालक अमर लामा भने बाँच्न सफल हुनुभएको थियो ।

मदन-आश्रतिको हत्या भएपछि एमाले पटक-पटक सरकारमा पुगेपनि अहिलेसम्म हत्यारा पत्ता लगाउने बिषयमा कुनै तदारुकता देखाउन सकेको छैन् । तत्कालीन सरकारले यसलाई दुर्घटना भने पनि एमालेले हत्या भएको दावी गरेको छ ।

मदन भण्डारी र जीवराज आश्रतिको मृत्युपछि एमालेमा नेतृत्वको खडेरी देखिएको छ भने पार्टीभित्र गुटवन्दी पनि हावी भएको छ । मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनबादका आधारमा अघि बढेको एमालेले त्यसको स्वामित्वमा समेत एकाधिकार जमाउन नसकेको कार्यकर्ताको गुनासो छ । (onlinekhabar)

0 comments: