हाम्रो देशमा दुइटा मान्छेलाई कुर्सीको जरुरी रहेछ । माओवादी आदरणीय अध्यक्ष कामरेड र एमालेका वरिष्ठ एवम् भू पू महासचिव कामरेडलाई । एउटा कामरेड छोड्नुहुन्न रे, अर्को कामरेडलाई आफूबाहेक कोही पनि कुर्सीमा रहे निकास आउन्न रे ! साँच्चीकै वाइसीएल् र युथफोर्स हुन् भने यिनीहरुलाई ताक्नुपर्ने हो लाठी र खुकुरी । आफु आफुमा लडाइ, यिनीहरु सधै आफ्नो चाला !
संविधान निर्माण गर्ने बेलामा आम हड्ताल र छेपारोले घोचा समाएको भन्दा बढी कुर्सीमा टाँसिनुपर्ने यी २ जनालाई वास्तवमा नेपाल आमाका छोराछोरीहरुले सधैका लागि कुर्सीबाट बिदाइ दिनुपर्ने हो । विदेशका नेपाली साथीहरुलाई भेट्दा गुनासो पोख्नुहुन्छ नेपाल र दाहाल भन्ने चीजलाई । नेपाली साथीहरु ठट्टामा भन्नुहुन्छ - ''यहाँबाट दुइटा कुर्सी किनेर पठाइदिनपर्ने भयो ।'' हुन पनि यो भावना साँच्चीकै सम्वेदनशील छ ।
के एमाले र माओवादी नागरिकप्रति उत्तरदायी छन् ? छन् भने कार्यकर्ता साथीहरु, सबै जुटौ ...... बन्दोबस्तीले बस्ने सम्पति छन् यी दुबै सर्वहारा वर्गको पार्टीका कामरेडद्वयको । खुलामन्चमा भव्य कार्यक्रम गरौ र नेपाली राजनीतिमा कष्ट नगर्न अनुरोधसहित कमरेडद्वयलाई कुर्सी उपहार दिएर उहाँहरुको भवनमै आराम गर्न भनौ । भोलि सुशील वा शेरबहादुर यस्तै जन्मिए भने अर्को कार्यक्रमको आयोजना गरौला । कम्युनिष्ट बहादुरहरु कोही जन्मिए यस्तो सम्मान चाहने भने अरु बिदाइ कार्यक्रम गरौला ।
समर्थन छ तपाईको ? पहिलो कार्यक्रममा यो कालो चाही प्रचण्डलाई, साधरण कुर्सी चाही माधवलाई दिने भन्छौ हामी । किनकि हारेको प्रम रे माधव र ठूलो पार्टीका रे पुष्प । यिनीहरुको कानूनमा जे इच्छा लाग्छ त्यही हुन्छ तर नागरिकको कानूनमा 'यी २ लाई संघीय नेपालको प्रमको कुर्सीमा बस्न हुँदैन, कुर्सी लिएर २४ सै घण्टा त्यसैमा बस्नुस्' भन्ने लागेको छ ।

0 comments:
Post a Comment