कान्तिपुर संवाददाता, काठमाडौ, जेष्ठ ११ - संविधानसभा अध्यक्ष सुवास नेम्वाङले जेठ १४ गते मध्यान्हसम्म संविधानसभाको म्याद नथपिए संसद , संविधानसभा र सरकार स्वतः विघटन हुने बताएका छन् । त्यस्तो अवस्थामा काम चलाउ सरकारले मुलुक संचालन गर्ने अवस्था आउने पनि उनले बताए ।
नेपाल आदिवासी जनजाति महासंघले मंगलबार राजाधानीमा जलवायु परिवर्तन सम्बन्धी सभासदहरुसँग गरेको अन्तक्रिर्यामा उनले संविधानसभाको म्याद नथपिए प्रधानमन्त्री र सभासदहरु पनि पदमुक्त हुने बताए ।
'जेठ १४ गते १२ बजेभित्र संविधानसभाको म्याद नथपिए मुलुक अँध्यारो सुरुङभित्र पस्छ । त्यो सुरुङको भित्रिने ढोका मात्र हुनेछ । बाहिरिने निकास भेटिने छैन् ।' उनले भने, 'त्यस्तो अवस्थामा संसद र संविधानसभा स्वत विघटन हुनेछ । प्रधानमन्त्री र सभासदहरु पदमुक्त हुनेछन् । काम चलाउ अवस्थाको सरकार रहनेछ ।' माओवादीले जेठ १४ गतेभित्र संविधानसभाको म्याद नथपिए पनि पछि त्यसलाई सहमतिको आधारमा ब्युँताउन सकिने बताउदै आएको छ । तर उनले काम चलाउ सरकारले जननिर्वाचित सरकार र संस्थाको पुर्नवहाली गर्न सक्ने कुनै बाटो नरहेको बताए । नेम्वाङले अन्तरिम संविधानले संविधानसभाबाट संविधान जारी गर्नुको विकल्प उल्लेख नगरेको भन्दै मुलुकलाई अप्ठ्यारोबाट जोगाउन म्याद थपेर संविधान जारी गर्नुनै उपयुक्त हुने बताए ।
तर उनले संविधानसभाको म्याद नथप्दा उत्पन्न हुने परिस्थितिबारे दलहरु जानकार रहेकाले निष्कर्षमा पुग्ने बताए ।
Tuesday, May 25, 2010
जेठ १४ गते अपरान्हसम्म म्याद नथपिए संसद, संविधानसभा र सरकार स्वतः विघटनः नेम्वाङ
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment