मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Sunday, May 23, 2010

दीपक तेक्वान्दो सङ्घको कारबाहीमा

९ जेठ, काठमाडौं । नेपाल तेक्वान्दो सङ्घले शनिबार कीर्तिमानी खेलाडी दीपक विष्टलाई केन्द्रीय सदस्य पदबाट दुई महिनाका लागि निलम्बन र खेलाडी संरक्षण समितिको सचिव पदबाट मुक्त गर्ने निर्णय गरेको छ ।

नेपाल तेक्वान्दो सङ्घ नेपाल ओलम्पिक कमिटी -एनओसी)विरुद्ध सङ्घर्षमा रहेको समयमा दीपक एनओसीको माध्यमबाट सङ्घलाई जानकारी नदिई दीपक सेभ द मिसनको हैसियतमा प्रथम युथ ओलम्पिकको बैठकमा भाग लिन गएका थिए । युथ ओलम्पिकको चयनका रूपमा रहेको मेक्सिकोको तिजुवाना सहरमा आयोजित छनोट प्रतियोगितामा तयारी हुँदाहुँदै पनि नेपाली तेक्वान्दो खेलाडी सहभागी हुन नपाएपछि तेक्वान्दो सङ्घ एनओसीले लापरबाही गरेको भन्दै सङ्घर्षमा उत्रेको थियो ।

दीपकले दिएको स्पष्टीकरण चित्त नबुझेपछि तेक्वान्दो सङ्घले शनिबार कारबाही गर्ने निर्णय गरेको हो । तेक्वान्दो सङ्घले उनको खेल जीवनमा भने यस कारबाहीले प्रभाव नपार्ने बताएको छ । (onlinekhabar)

0 comments: