मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Monday, May 17, 2010

दूतावासको शरणमा पुगेका १६ महिला आज नेपाल फर्कदै

दिनेश रेग्मी, दोहा(कतार), जेष्ठ ३ - घरेलु कामदारको रुपमा साउदी अरेविया पुगेर विभिन्न समस्यामा परेका १६ नेपाली महिला सोमवार दिउसो स्वदेश फर्किदै छन् । एयर अरेवियाको उडानमा रहेका उनीहरु दिउसो त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा पुग्ने रियादस्थित नेपाली दूतावास जनाएको छ ।

अत्याधिक कामको बोझ, साहुको कुटपीट, हात पात तथा काम गरेको पारिश्रमिक नपाएपछि नेपाली दूतावास पुगेका उनीहरुलाई कानुनी उपचार पछि दूतावासले स्वदेश पठाएको हो । स्वदेश फर्किने मध्ये तीन महिला विरामी अबस्थाका छन्, जसलाई दुतावासले नै टीकटको व्यवस्था गरेको थियो ।

दूतावासका अनुसार घर फर्किनेमा झापा धरमपुरकी अम्बिका अधिकारी, रुपन्देही मनिग्रामकी सरिता अर्याल, धादिङ बसरीकी कल्पना भट्टराई, मोरङ याङ्गसीलाकी बसन्ती रानामगर, बर्दिया गुलरीयाकी माना नाथ योगी, पाँचथर फिदीमकी मीना साम्बाहाम्फे, नवलपरासी अमरापुरकी टीका कुमारी थापा र स्याङ्ग्जा वालिङ्की अम्बिका कुँबर छन् ।

त्यस्तै, बर्दिया मोतिपुरकी पार्वती बुढा, बर्दिया मुनालबस्तीका दीपा सुनार, रुपन्देही मधैलियाकी कविता कुमारी कुँबर, नवलपरासी सुमनीकी यशोदादेवी बीन, झापा सोमबारेकी चन्द्रकला भुजेल, नबलपरासी रामनगरकी शान्ति बिक, झापा राजगढकी रामधना शर्मा र झापा सुरुङ्गाकी रुपो राजवंशी फर्किएको दूतावासले जनाएको छ । उनीहरुमध्ये शान्ति विक, रामधना शर्मा र रुपो राजवंशी विरामी छन् ।

नेपाल सरकारले खाडी मुलुकमा घरेलु कामदारको रुपमा महिलालाई पठाउन रोक लगाए पनि दलालहरुले भारतको बाटो खाडी मुलुक पुर्‍याउने गरेका छन् । भारतीय नाकाबाट घरेलु कामदारको रुपमा विदेश जाने क्रमलाई रोक्नु पर्ने आवाज वर्षौ देखि उठ्दै आए पनि अहिलेसम्म काम हुन सकेको छैन ।

दूतावासले घर मालिकको शोषणमा परेर दैनिक दुई/तीन महिला भाग्दै दूतावास आउने गरेको जनाउँदै उनीहरुको हेरचाह गर्न एक महिला सेविकाको माग गरे पनि हालसम्म व्यवस्था हुन नसकेकोमा दुःख व्यक्त गरेको छ । 'पटक पटक गरेको अनुरोध प्रति वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड र श्रम मन्त्रालयबाट बिल्कुलै सुनुवाई नभएकोमा दुःख छ' दूतावासबाट जारी विज्ञप्तीमा उल्लखे छ । (ekantipur)

0 comments: