मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Wednesday, May 26, 2010

एसएसवीद्वारा नेपालीको हत्या

१२ जेठ, मोरङ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले मोरङको अमाही वरीयातीमा ५५ वर्षीय बासुदेव शाहलाई घरमै आएर गोली हानी हत्या गरेका छन् ।

गोली प्रहारपछि एसएसबीका जवानहरु फरार भएका छन् । उनीहरु चढेर आएको बी आर ३८ बी ००३६ नम्बरको मोटरसाईकल स्थानिय खयरबोना प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।

हत्याको विरोधमा स्थानीयबासीले सीमा क्षेत्र अमाही बरीयातीमा विरोध प्रदर्शन गरीरहेका छन् । उनीहरुले गोली हान्ने एसएसबीका जवानलाई कारबाही र मृतकको परिवारलाई क्षतिपूर्ति मागेका छन् । नेपालीको प्रदर्शनपछि भारतीय पक्षले पनि सीमामा कडाइ गरेको छ ।

हिँजो साँझ शाहले भारतको सिमावर्ती बजार कुवाडिबाट खानेतेल लिएर आउँदा एसएसबीका जवानहरुले रोक्न खोजेका थिए । तर नेपाल प्रहरीले रोक्न नमानेपछि विवाद भएको थियो । सोहि विषयलाई लिएर नेपाल तर्फ रहेको खयरबोना चौकीमा आएर प्रहरीहरुलाई धम्क्याएर गएका थिए ।

शाहलाई पछ्याउँदै नेपाल छिरेका एसएसबीका जवानहरुले घरमै आएर गोली हानी हत्या गरेको परिवारका सदस्यहरुले बताएका छन् । (onlinekhabar)

0 comments: