लक्ष्मण
नायक निखिल उप्रेतीसँग दोस्रो बिहे गरेर मुम्बई बस्दै आइरहेकी नायिका सञ्चिता गुपचुप रूपमा काठमाडौं आएर कोही मेरो फिल्मको डबिङ गरिरहेकी छिन् l
नायक निखिल उप्रेतीसँग गुपचुपमा दोस्रो बिहे गरेर मुम्बई बसाइँ सरेकी नायिका सञ्चिता लुइँटेल बुधबार काठमाडौं आएकी छिन् । आलोक नेम्वाङको निर्देशनमा म्युजिक डटकमले निर्माण गरेको फिल्म कोही मेरोको डबिङका लागि उनी काठमाडौं आएकी हुन् । सञ्चिताले आफ्नो फिल्मको डबिङ गरिरहेको निर्देशक आलोकले पुष्टि गरे । उनले भने, 'उनी कहिले आएकी हुन्, मलाई थाहा छैन । तर, मेरो फिल्मको डबिङ भने सुरु गरेकी छिन् । बाँकी डबिङ सोमबार हुन्छ ।' निर्देशक आलोकले सञ्चिताको डबिङ भइरहेको स्थान भने बताउन चाहेनन् ।
निखिलसँग दोस्रो बिहे गरेपछि सञ्चिता तीन महिनादेखि निखिलसँग मुम्बईमा बस्दै आएकी छिन् । हत्तपत्त काठमाडौं आउने योजनामा नरहेकी सञ्चिता कोही मेरोको डबिङका लागि मात्र गोप्य रूपमा आएको बताइएको छ । बलिउडमा अवसर खोज्दै गरेकी सञ्चिता अझै दुई साता काठमाडौंमै बस्ने उनको पारिवारिक स्रोतले जनाएको छ । काठमाडौंमा बसे पनि उनी आफ्ना फिल्म सहकर्मी तथा मिडियासँग सम्पर्कमा आउन चाहेकी छैनन् ।
सञ्चिताका कारण अर्काे फिल्म बन्दीको डबिङ पनि तीन महिनादेखि रोकिएको छ । सञ्चिता तत्काल नेपाल नआउने भएपछि उनको स्वरमा नयाँ कलाकारको डबिङ गराउने अन्तिम तयारीमा रहेका निर्देशक निर्देशक विजय केरुङ सञ्चिता नेपाल आएको खबरले फुरुंग भएका छन् । 'अब उनकै स्वरमा डबिङ गराउँछु,' उनले भने, 'कहाँ छिन् खोज्नुपर्यो ।' सञ्चिताले आफू नेपाल आएको कसैले पनि थाहा नपाओस् भन्ने चाहेकी छिन् ।
निखिल भने मुम्बईमै छन् । बलिउडमा जम्ने जोसका साथ सिक्स प्याक बनाउन प्रयासरत निखिल नेपाल आइहाल्ने मनस्थितिमा नरहेको उनका निकटवर्तीले बताएका छन् । 'आफू नेपाल आए पारिवारिक उल्झनमा फसिने डरमा छन् उनी,' निखिलसँग दिनहुँजसो फोनमा कुराकानी गरिरहने एकजना फिल्मकर्मीले नाम नछाप्ने सर्तमा भने, 'निखिल निकै प|mस्टेट छन् । पहिला उनले सधैं आशावादी कुरा गर्थे । दोस्रो बिहे गरेपछि भने उनी सधैं निराशावादी कुरा मात्र गर्छन् । मसँगको कुराकानीमा उनी आफ्नो नवजात छोरोको निकै माया लाग्ने बताउँछन् ।' उनका अनुसार निखिललाई अहिले 'गिल्टी फिल' भइरहेको छ ।
डेढ वर्षअघि नै पारिवारिक सहमतिमा नायक निखिलसँग बिहे गरेको बताउँदै आएकी संचिता शुक्रवार सर्लाही (निखिलको गाउँको घर) गएको स्रोतको दाबी छ । उनलाई निखिलका बाबुले भेटघाटका लागि बोलाएकाले शुक्रबार साँझ नै गाउँ हिँडेको बताइएको छ । (nayapatrika)


0 comments:
Post a Comment