मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Thursday, May 27, 2010

माओवादीद्वारा यथास्थितिमा संविधानसभाको म्याद नथप्ने निर्णय

'राष्ट्रपति र सभामुख पनि नथप्ने पक्षमा !'-
काठमाडौं, जेठ १३ (नागरिक)- माओवादीले यथास्थितिमा संविधानसभाको म्याद नथप्ने निर्णय गरेको छ। माओवादीको स्थायी समिति बैठकले माधव नेपाल सरकारको जागिर बचाउनका लागिमात्र म्याद नथप्ने निर्णय गरेको जानकारी माओवादीले दिएको छ। माओवादी प्रवक्ता दीनानाथ शर्माका अनुसार राष्ट्रपति र सभामुखदेखि १२ वटै अङ्ग संविधानसभाको म्याद नथप्ने पक्षमा रहेकाले अहिलेको अवस्था आएको हो। शान्ति प्रक्रिया सुनिश्चित नभएसम्म र संविधान बन्ने निश्चितता नभएसम्म म्याद नथपिने जानकारी पनि उनले दिए।

यी दुई कुरा हुनका लागि सहमति चाहिने र त्यसका लागि सबैभन्दा पहिले वर्तमान सरकारको राजिनामा आउनुपर्ने भनाइ पनि उनको थियो।

यो सरकारले राजिनामा दिए नेतृत्व गर्ने पार्टी र व्यक्तिबारे छलफल गर्न सकिने पनि उसले बताएको छ। यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहालले नै सरकारको नेतृत्व गर्न पाउनुपर्ने अडान माओवादीले राख्दै आएको थियो।

0 comments: