मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Sunday, May 16, 2010

लाठीमुङ्ग्रीसहित फोरमको प्रतिरक्षा तालिम सुरु

मुलुक हिंसात्मक बाटोतिर उन्मुख -
उपेन्द्र लामिछाने, (नागरिक) वीरगन्ज, जेठ २ - 'स्वायत्त मधेश एक प्रदेश'को मागसहित मधेशी जन अधिकार फोरमले शनिबारबाट बाराको कचोर्वामा 'मधेश रक्षा दल'को नाममा एक सय कार्यकर्तालाई 'प्रतिरक्षा' तालिम दिन थालेको छ।

तराईका २२ जिल्लाबाट आएका उनीहरुलाई पार्टी अध्यक्ष उपेन्द्र यादव तथा अन्य नेताको प्रत्यक्ष रेखदेखमा राजनैतिक प्रशिक्षणसंगै लठ्ठी चलाउने कलासमेत सिकाउन थालिएको छ।

दश दिनसम्म याहाँ तालिम लिएर फर्कने उनीहरुले हरेक जिल्लामा एकसय को संख्यामा लडाकु दस्ता तयार पार्ने अध्यक्ष उपेन्द्र यादवले बताए। 'मधेश रक्षाका लागि मधेशी युवा शक्तिलाई संगठन विस्तार गर्ने योजनाका साथ यो प्रशिक्षण सुरु भएको हो ', उनले भने - 'स्वायत्त मधेश प्रदेश स्थापनाको लागि आउने अवरोध पार गर्न यस्तो तलिम आवश्यक थियो।'

प्रशिक्षण कार्यक्रममा ,महासचिव रामसाहयादव,लालबाबु यादव लगायतका केन्द्रीय स्थरका नेताहरुले शासक वर्ग संग अधिकार खोज्न र खोस्न मधेशी युवालाई संगठित गर्न प्रशिक्षण दिएको बताए।

प्रहरी बाट अवकासप्राप्त एसएसपी सदानन्द कुर्मी, भूपु ईन्स्पेक्टर वीरेन्द्र यादव लगायतले तालिम दिएका छन्।

सहभागीलाई विहान ६ बजेदेखी वेलुका ६ बजेसम्म स्थानीय जनता माध्यामिक विद्यालयमा तालिम दिईने गरेको छ। उनीहरुलाई जुडो-कराते समेत सिकाइन्छ। दिउसो १० बजेबाट बन्द कोठामा नेताहरुले राजनैतिक प्रशिक्षण दिने गरेका छन्। सहभागीलाई जंगलको बीचमा रहेका चौरमा समेत तालिम गराईन थालेको छ। तालिमस्थल सदरमुकाम कलैयाबाट दक्षिण नेपाल-भारतसिमा नजिक पर्छ। तालिम 'सकभर गोप्य राख्न' खोजिएको एक स्थानीयले बताए।

एकिकृत माओवादीले एक महिना अघि बाराको सिमरा स्थित वाई.सि.एल. कार्यालयमा आफ्ना आठ सय कार्यकर्तालाई आत्मरक्षा र तोकिएको समयमा संबिधान जारी गर्न दवाव दिने उदेश्यले यस्तै तालिम दिएको थियो।

0 comments: