मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Sunday, May 16, 2010

माओवादीले जेठ १५ गते 'जन संविधान' घोषणा गर्ने

गंगा बीसी काठमाडौं, जेष्ठ २ - आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको माग राख्दै आएको माओवादीले जेठ १५ गते पार्टीको 'जन संविधान' घोषणा गर्ने निर्णय गरेको छ ।

आइतबार माओवादी मुख्यालय पेरिसडाँडामा बसेको पोलिटव्युरो बैठकले उपाध्यक्ष बाबुराम भट्टराई संयोजकत्वको टोलीले तयार गरेको 'जन संविधान' घोषणा गर्ने निर्णय गरेको हो । माओवादीले यसअघि नै संविधान बन्ने सुनिश्चितता नभए 'जन संविधान' घोषणा गर्ने बताउँदै आएको थियो ।

संविधानसभामार्फत नयाँ संविधान घोषणा हुन नसक्ने अवस्था आएपछि 'जन संविधान' घोषणा गर्ने निर्णय गरेको माओवादी प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए । 'संविधानसभामार्फत संविधान घोषणा हुने अवस्था आएन,' उनले भने, 'त्यसैले जेठ १५ गते 'जनताको संघीय गणतन्त्रात्मक संविधान' सार्वजनिक गर्ने निर्णय भएको छ ।'

माओवादीले संविधानसभाको म्याद थप गर्ने दुई सर्त अघि सारेको छ । वर्तमान सरकारको विघटन हुनुपर्ने तथा सहमतीय प्रणालीमा जाने समझदारी भए संविधानसभाको म्याद थप गर्न आफ्नो पार्टी तयार हुने शर्माले बताए ।

माओवादीले जेठ ११ गते मुलुकभर गर्ने भनेको जनप्रदर्शनलाई स्थगित गर्दै १५ गते नै गणतन्त्र दिवसमा व्यापक जनताको सहभागिता गराउने निर्णय गरेको छ । माओवादीले जेठ ४ गते गर्ने भनेको राजनीतिक प्रशिक्षण पनि स्थगित गरेको छ । (ekantipur)

0 comments: