मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Sunday, May 16, 2010

आत्मालोचना गर्न गौतमलाई एमालेको निर्देशन, कारवाही गरेर देखाउन गौतमको चुनौती

२ जेठ काठमाडौं । उपाध्यक्ष वामदेव गौतमले पार्टी हितविपरित काम गरेकोप्रति कडा आलोचना गर्दै नेकपा एमालेले आत्मालोचना गर्न निर्देशन दिएको छ । पार्टी केन्द्रीय कार्यालय बल्खुमा आइतबार बसेको बैठकले आफ्नै पार्टीका वरिष्ठ नेता प्रधानमन्त्री माधवकुमार नेपालको राजिनामा माग तरिका र प्रक्रिया गलत भएको ठहर गर्दै कारवाही स्वरुप आत्मालोचना गर्न गौतमलाई निर्देशन दिएको हो ।अधिकाँस केन्द्रीय सदस्यहरुले उपाध्यक्ष गौतमको कडा आलोचना गर्दै कारवाही गर्न नेतृत्व पंक्तिलाई दवाव दिएपछि केन्द्रीय समितिको बैठकले यस्तो निर्देशन दिएको हो ।

गौतमले भने आफूले कुनै गल्ती नगरेकाले आत्मालोचना नगर्ने बताएका छन् । बैठकमा बोल्दै गौतमले पार्टीले जस्तो कारवाही गरेपनि त्यो आफूलाई मान्य हुने भन्दै कारवाही गरेर देखाउन चेतावनी दिनुभयो ।

गौतमलाई गल्तिको आत्मालोचना गर्न पार्टीले सात दिनको समय दिएको छ । सात दिनपछि दिने दोस्रो स्पष्टीकरण हेरेर गौतमलाई पार्टीले कारवाही गर्ने स्रोतले जनाएको छ ।

आइतबारको बैठकमा बोल्ने अधिकाँश केन्द्रीय सदस्यहरुले आफ्नै पार्टीको वरिष्ठ नेता नेपालको राजिनामा माग्नु पार्टीको अनुशासन तोडेको भन्दै गौतमको आलोचना गरेका थिए ।

पार्टीको अनुशान तोड्ने र पार्टीलाई नै हानी हुने पुर्‍याउने व्यक्ति कारवाही नभए यसले अन्ततः पार्टीले ठूलो नोक्सानी बोक्न बाध्य हुने उनीहरुको भनाई थियो

गत बैशाख १९ गते उपाध्यक्ष गौतमसहित ६० जना नेताहरुले शान्ति र संविधानका लागि आफ्नो पार्टी नेतृत्वको सरकार वाधक बन्न नहुने भन्दै प्रधानमन्त्री नेपालको राजिनामा माग गरिएको हस्ताक्षर अध्यक्ष झलनाथ खनाललाई बुझाएका थिए । (अनलाइनखबर)

0 comments: