मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Monday, May 17, 2010

बृद्धबृद्धाले भत्ता पाएनन

शाहीमान राई, भोजपुर, जेष्ठ ३ - सचिवको लापारबाहीले जिल्लाको एक गाबिसका बृद्धबृद्धाले एक बर्षदेखि भत्ता पाएका छ्रैनन् । जिल्ला बिकास समितिबाट रकम निकासा गरेपनि गाबिस सचिवले वितरण नगरेकाले भत्ता नपाएका हुन् ।

छिनामखु गाबिसका बृद्धबृद्धाले गत बर्ष जेठ महिनादेखि भत्ता नपाएको गुनासो गरेका छन् । सरकारले जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत दिदै आएको सामाजिक सुरक्षाको रकम गाबिस सचिवले वितरण नगरेको गुनासो गर्दै बृद्धबृद्धाहरु सदरमुकाम आएका छन् । छिनामखु -९ का ७४ बषिर्य पशुपति सुबेदी र उनकी पत्नि ७१ बषिर्या बुद्धमाया सुबेदी भत्ता नपाएको गुनासो पोख्दै जिल्ला बिकास समितिको कार्यालयमा पुगेका हुन् । उनीहरुले समयमा रकम उपलब्ध गराउन माग गरेका छन् । सचिवको लापारबाहीले छिनामखु गाबिसका करिब दुई सय जना बृद्धबृद्धाहरु भत्ता पाउनबाट बञ्चित छन् । सिद्धेस्वर गाबिस घर भई छिनामखु गाबिसमा कार्यरत सचिव इन्द्रबहादुर पाण्डेले रकम बुझेको महिनौं बितिसक्दापनि बृद्धबृद्धालाई वितरण नगरेको जिबिसले जनाएको छ । सचिव पाण्डेले रकम वितरण गरेको भपाई विवरण समेत जिबिसमा बुझाएका छैनन् । सरकारले दलित र एकल महिलालाई ६० बर्षमाथि र अन्यलाई ७० बर्षभन्दामाथिका बृद्धबृद्धालाई मासिक पाँच सय रुपैंयाँका दरले भत्ता उपलब्ध गराउदै आएको छ । जिल्ला बिकास समितिको लेखा शाखाबाट सचिव पाण्डेले रकम निकासा गरिसकेका छन् । (ekantipur)

0 comments: