सुन्दर खनाल, (नागरिक) काठमाडौं, जेठ ३ - नेटवर्किङ व्यापार गर्दै आएको कम्पनी युनिटीको कारोबार 'ठगी'मा आधारित भएको भन्दै प्रशासनले यसका सञ्चालकहरुलाई नियन्त्रणमा लिने भएको छ। 'युनिटीका संचालकहरुलाई नियन्त्रणमा लिन सबै सुरक्षा निकायलाई निर्देशन दिएका छौ,' गृह मन्त्रालयका प्रवक्ता जयमुकुन्द खनालले नागरिकसँग भने।
उनका अनुसार सबै जिल्ला प्रशासनलाई युनिटीका संचालकहरु भाग्ने सक्ने भएकाले सचेत रहन र उनीहरुलाई नियन्त्रणमा लिन समेत निर्देशन दिइएको छ। नागरिक दैनिक, रिपव्लिका र नागरिकन्युजडटकमले युनिटीको कारोबार गैर कानुनी भएको समाचार सार्वजनिक गरेको थियो। युनिटीले ६ लाख ५० हजार भन्दा बढीलाई सदस्यता बनाएर 'ठगी' गर्दै आएको छ।
यसैगरी नागरिकन्युजकर्मी दिलबहादुर छत्यालले धनगढीबाट जनाए अनुसार युनिटीको सुदूरपश्चिमस्थित एकमात्र कार्यालय धनगढीमा बिहान ११ बजे सुदूरपश्चिम हक हित संरक्षण मञ्चको नेतृत्वमा गएको टोलीले कार्यालयमा ताला लगएका छन्। उनीहरुले कार्यालय घेराउ गर्दै आफ्नो रकम फिर्ताको माग गरेका छन्।
त्यस्तै इटहरी ४ आइतबारेमा रहेको युनिटीको पूर्वाञ्चल कार्यालयमा पनि पीडितहरु जम्मा हुनेक्रम सुरु भएको छ। आफ्नो रकम फिर्ता हुनुपर्ने माग सहित मानिसहरु यहाँ आउनेक्रम बढेको इटहरीबाट नागरिकन्युजकर्मी अमर खड्काले जनाएका छन्।
Monday, May 17, 2010
युनिटीका सञ्चालकलाई पक्रन निर्देशन
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment