मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Sunday, May 16, 2010

नाङ्गिइन् नितु

गर्म मसालामा एयर होस्टेस्का रुपमा देखिएकी अभिनेत्री नितु चन्द्रा ट्राफिक सिग्नलमा फुटपाथ व्यापारीका रुपमा प्रस्तुत भएकी थिइन् । दुई फरक-फरक चरित्र निभाएकी यी अभिनेत्री आफ्नो आगामी चलचित्र अपार्टमेन्टका लागि चर्चामा छिन् । जन मोहन मुन्दडाको यो चलचित्रमा उनी रोहित रोय तथा तनुश्री दत्ताका साथमा देखा पर्दैछिन् । चलचित्रमा नितुको चलचित्रका अभिनेता रोहितसित केही हट सिन त पक्कै पनि छ । तर उनी चर्चामा आउनुको कारण यति मात्र होइन । नितुले यो चलचित्रमा बाथ सिन अर्थात् नुहाएको दृश्य दिएकी छिन्, तर सावरमुनि वा बाथटबमा भने होइन । उक्त नुहाएको दृश्यमा नितु भुइँमा बसेकी छिन् । उनको शरीरमा कपडा देखिंदैन । उनको अगाडि पानी भरिएको बाल्टिन छ र उनी उक्त बाल्टिनको पानी मगबाट निकाल्दै आफ्नो शरीरमा खन्याएर नुहाइरहेको देखाइएको छ । नितुको बाथ सिनलाई धेरैले अभिनेत्री स्मिता पाटिलले चलचित्र चक्रमा दिएको दृश्यसित तुलना गरेका छन् । (साप्ताहिक)

0 comments: