काठमाडौं, जेठ ५ (नागरिक)- एकीकृत माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले संविधानसभा बचाउन प्रतिक्रान्तिकारीसँग जुध्नका लागि सबै दलमा आबद्ध नेता तथा कार्यकर्तालाई सहमतिमा आउन आग्रह गरेका छन्।
आगामी साता नै संविधानसभा विघटन हुने आशंका गर्दै उनले यस्तो आग्रह गरेका हुन्। संघीयता, धर्म निरपेक्षता र गणतन्त्रविरोधीहरु संविधानसभाको हत्या गरी देशलाई बन्धक बनाउन सक्रिय रहेको दाबी गरे ।
'आगामी हप्ता संविधानसभा विघटन हुने आशंका व्याप्त छ। यसको हत्या गर्ने प्रतिक्रान्तिकारी खतरा विद्यमान छ,' सहिद रीतबहादुर खड्काको स्मृतिमा लिखित पुस्तक बुधबार राजधानीमा सार्वजनिक गर्दै भट्टराईले भने, 'सहिदको रगतले जन्माएको उपलब्धी बचाउन जुनसुकै दलमा भए पनि सहमति कायम गर्नुपर्छ।' उनले जुनसुकै दलमा आबद्ध भए पनि जनयुद्ध र जनआन्दोलनका उपलब्धी रक्षाका लागि एक ठाउँमा आउनुपर्ने उनको भनाइ थियो। उनले उत्पीडित जनताको समस्या समाधान गर्न लागि अग्रगामी संविधान आवश्यक रहेको बताए।
Wednesday, May 19, 2010
अर्को साता संविधान सभा विघटनको खतराः भट्टराई
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment