मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Monday, May 17, 2010

एक विचित्र सम्बन्ध

पटक-पटक 'स्क्यान्डल'मा फसेर अति चर्चा पाउने कलिउडभित्र कुनै त्यस्तो निर्देशक-हिरोइनको जोडी छ भने त्यो हो शोभित बस्नेत र रेजिना उप्रेतीको जोडी । यो जोडीको सम्बन्ध चर्चाले गुलावी पृष्ठका लागि गसिप मसला मात्र जुटाइदिँदैन कहिलेकाहीँ फिल्मकर्मीसँग हाँसखेल र उठबस गर्ने रंग पत्रकारहरूलाई समेत अचम्ममा पारिदिन्छ ।

कुनै दिन समाचार आउँछ 'लौ रेजिना र शोभितबीच कुटाकुट भयो । हातै हालाहाल भयो । एक-अर्कालाई खुब गाली गरे शोभित-रेजिनाले ।' खबर सम्प्रेषण भएकै दिन यो जोडी न्युरोडको कुनै क्याफे वा नयाँ फिल्मका लागि 'सिटिङ'मा सँगै भेटिएको पनि सुनिन्छ, देखिन्छ ।

यस्तो खबरसँगै फिल्मकर्मीहरू प्रतिक्रिया दिन्छन्, 'यो जोडी नै यस्तै हो । यसलाई नौलो नमाने हुन्छ ।' रेजिना वा शोभितनिकटहरूले नौलो नमान्ने यो जोडीको यस्तो सम्बन्ध साँच्चिकै विचित्र प्रकारको प्रतीत हुन्छ । कुनै पनि घटनालाई स्थायी वा दीर्घकालीन बदलाभावमा रूपान्तरण नगर्ने यो जोडीले किन यस्तो अनौठो खालको सम्बन्ध कायम गरिरहेको छ त ? पछिल्ला दिनमा यो जोडी झगडाका विषयमा केही बताउन चाहँदैन । 'भो-भो यस सम्बन्धका विषयमा कुरै नगरौँ,' हिरोइन उप्रेती भन्छिन्, 'यो विषय धेरै भयो ।'

उप्रेतीले भनेझैँ 'यो विषय धेरै त भयो' तर यो जोडीको सम्बन्धको चर्चा, यसका कारण र यसको प्रभाव एवं विचित्रताका विषयमा समीक्षा भने भएको छैन । 'विचित्र सम्बन्ध'का विषयमा अन्तरंग नगरे पनि यो जोडीले एक-आपसका गुण र दोष, सफलता र असफलता, सबलता र दुर्बलताका विषयमा भने टिप्पणी गर्छ । एक-अर्काको मूल्यांकन गर्छ र सुधारिनुपर्ने कुराको फेहरिस्त पनि प्रस्तुत गर्छ ।

नायिका रेजिना उप्रेतीबारे निर्देशक शोभित बस्नेतको एकमुष्ठ मूल्यांकन छ, 'उनी कुशल अभिनेत्री हुन् ।' कुशल भनेको कस्तो ? 'राम्रो अनुहार भएको, नाच्न सक्ने र राम्रो अभिनय गर्न सक्ने !' उनले राम्रो कलाकारको चित्र छर्लंगै पारिदिए । शोभितले 'राम्रो कलाकार'को कोटीमा राखेका रेजिनाले उनीसँग ११ वटा फिल्ममा काम गरेकी छिन् । शोभितसँग उनले काम गरेको पहिलो फिल्म थियो- मन ।

झन्डै नौ वर्षदेखि संगत गरेका उनले रेजिनाको के कमजोरी देख्दा हुन् ? 'पहिले जानी-जानी गल्ती गर्ने र पछि पछुताउने उनको कमजोरी हो,' उनले भने । रेजिनाको यस कमजोरीले उनको करियरलाई हानि पुर्‍याएको ठहर छ, शोभितको । अनि उनले रेजिनालाई 'आफ्नो कमजोरी हटाउन यो-यो गर' भनेर सुझाब दिएनन् त ? 'दिएँ नि,' उनले भने, 'तर, उनी एउटा कानले सुनेर अर्काे कानले उडाइदिन्छिन् ।'

सुन्दर अनुहार, नृत्य/अभिनय क्षमताका कारण मनमा रेजिनालाई लिएका थिए, शोभितले । 'त्यतिवेला उनलाई,' उनी सम्झन्छन्, 'मेकअप र ड्रेसको त्यति राम्रो ज्ञान थिएन, तर अहिले पर्फेक्ट कमर्सियल नायिका भइसकेकी छिन् ।' यस फिल्ममा रेजिनाबाट सन्तोषजनक प्रतिफल हासिल गरेपछि उनीसँग करिब दर्जनजति फिल्म गरे शोभितले ।

उनलाई रेजिनाका मन पर्ने कुरा के-के होलान् ? 'आफूलाई प्रस्तुत गर्न सिपालु छिन्, उनी,' शोभितले बताए, 'त्यस्तै, उनको ड्रेस सेन्स राम्रो छ । अनि, जोसँग पनि सजिलै र चाँडै घुलमिल हुन सक्छिन् ।' रेजिनाले नौ वर्षदेखि आफ्नो फिगर जस्ताको तस्तै राख्नसकेकीमा चकित छन्, शोभित । यी त भए रेजिनाका बेस पक्ष ! शोभितलाई रेजिनाका मन नपर्ने कुरामा अरूसँग चाँडै घुलमिल हुने उनको स्वभाव पर्दाेरहेछ । अघि रेजिनाको यही स्वभावलाई राम्रो भनेका होइनन् ? 'अरूसँग घुलमिल हुनु राम्रै कुरा हो, तर उनी जसलाई पनि छिट्टै विश्वास गर्छिन्,' उनले प्रस्ट पारे । अरू पनि छन् कि रेजिनाका नराम्रा पक्ष ? 'उनको सबभन्दा नराम्रो पक्ष भनेको उनी आफ्नो नराम्रो पक्ष सुन्नै चाहन्नन्,' शोभितले बताए । रेजिनाको थप समीक्षा गर्छन्, उनी, यसरी- 'चाँडै रिसाउँछिन् । सही र गलत छुट्याउन सक्दिनन् । र, हतारमा निर्णय गर्छिन् ।'

चलचित्र चिनोमा रेजिनाले गरेको मिहिनेतबाट शोभित असाध्यै प्रभावित भएका थिए । उसो त, मनमा उनले अत्यन्तै प्रतिकूल अवस्थामा गरेको कामको पनि सराहना गर्न चुक्दैनन् उनी । त्यस्तो के गरेकी थिइन् र रेजिनाले ? 'दुवै काखीमा पिलो आएर साह्रै दुःख पाएकी थिइन्,' उनले सुनाए, 'तर, सबथोक सहेर उनले राम्रोसँग नाचिन् ।' डबल पिलोका पीडा पचाएर छमछमती नाचेकी रेजिनाको कामप्रतिको लगावको जति प्रशंसा गरे पनि कम हुने बताउँछन्, शोभित ।

असल साथी ! राम्रो निर्देशक ! राम्रो मान्छे ! शोभितका मन नपर्ने कुरा पनि टन्नै रहेछन् । 'उहाँ बढी चर्चामा आउन चाहनुहुन्छ,' उनले शोभितका 'नअसल' पक्षको पेटारो खोलिन्, 'कसैले आफ्नोबारे केही राम्रो भन्यो भने फुरुंग पर्नँहुन्छ । अरूले मेरोबारे ५ प्रतिशत नराम्रो भन्यो भने उहाँ ९० प्रतिशत थपेर मलाई गाली गर्नँहुन्छ । धेरै शंका गर्नँहुन्छ ।'

'चिनोजस्तो राम्रो फिल्म' मा अवसर दिएकाले रेजिना शोभितप्रति सदा आभारी छिन् रे ! 'मेरो सम्झनलायक फिल्म हो, त्यो । त्यसमा मलाई मौका दिएर शोभितजीले राम्रो साथीको भूमिका निर्वाह गर्नँभएको छ,' उनले भनिन् ।

रेजिनाको शोभितप्रतिका दृष्टिकोण हो यो । उनलाई सोधियो- राम्रो निर्देशकमा हुनुपर्ने गुण के-के हुन् ? 'कमान्ड गर्न सक्ने क्षमता, स्त्रिmप्टका कुरा पर्दामा उतार्ने सीप र रचनात्मकता,' रेजिनाले राम्रो निर्देशकका गुण तोकिदिइन् ।

जे काम पनि हडबडाएर र हतार गरेर गर्नँ शोभितको कमजोरी देख्छिन्, उनी । शोभितले यो कमजोरी हटाउन के गर्नँपर्छ भन्ने पनि थाहा रहेछ उनलाई । के गर्नँपर्छ त शोभितले ? 'उहाँले सोचेर काम गर्नँपर्छ,' कुनै शिक्षिकाले झैँ उनले भनिन्, 'पाँच दिनपछि कुनै काम राम्ररी गर्न सकिन्छ भने त्यति समय पर्खे भइहाल्यो नि !'

एनटिभीबाट प्रसारित हुने लय संग्रौला निर्देशित टेलिफिल्म चेतनामा आफ्नो अभिनयबाट प्रभावित भएर शोभितले उनलाई मनमा लिएको बुझाइ छ, रेजिनाको । नौ वर्ष भयो, उनले शोभितको संगत गरेको । यी नौ वर्षमा उनमा आएका शारीरिक र मानसिक परिवर्तनबारे रेजिना भन्छिन्, 'पहिले दुब्लो पातलो हुनुहुन्थ्यो, अहिले खाइलाग्दो हुनुहुन्छ । मनमा काम गर्दाताका उहाँ सिक्ने क्रममा हुनुहुन्थ्यो, अहिले पर्फेक्ट हुनुभएको छ, हरेक कुरामा परिपक्व हुनुहुन्छ ।'

रेजिनालाई शोभितका धेरै कुरा मन पर्छन् । जस्तो कि ? 'कसैलाई अप्ठ्यारो पर्दा जतिवेला पनि सहयोग गर्न तयार हुनुहुन्छ । राति १२ बजे होस् या खाना खाइरहेका वेला होस्, अथवा सुटिङका वेला,' उनले बताइन् । यत्तिमै उनी रोकिइनन् । गडगडाएर शोभितको प्रशंसा गरिन्, 'उहाँ जसलाई पनि छोटो समयमै कन्भिन्स गर्न सक्नुहुन्छ । सही बजेटले सही फिल्म बनाउनुहुन्छ । कामका वेला दायाँ-बायाँ केही मतलब गर्नँहुन्न । चौबीस घन्टा खट्न सक्ने इनर्जी छ, उहाँसँग । अनि, चलचित्र बनाएपछि सही समयमा सही हलमा रिलिज गर्ने खुबी पनि छ ।'(nayapatrika.net)

0 comments: