मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Sunday, May 16, 2010

गैरकानुनी विदेश जाने अधिकांश अलपत्र

शिव शर्मा कास्की, जेष्ठ २ - वैदेशिक रोजगारको आकर्षण बढी रहेका बेला दैनिक रुपमा नेपालबाट १ हजारको संख्यामा वेदेशिक रोजगारका लागी जाने गरेका छन् ।

श्रम तथा यातायात मन्त्रालय वैदेशिक रोजगार विभागबाट स्वीकृत लिएर यतिका संख्यामा जाने गरेको भएपनि गैरकानुनी रुपमा भने ठुलो संख्या जाने गरेको वैदेशिक रोजगार विभागका अधिकृत नवराज ढुङ्गानाले पोखरामा आयोजित वैदेशिक रोजगारीको वर्तमान अवस्था विषयक कार्यक्रममा जानकारी दिएका हुन् । गैरकानुनी रुपमा जानेहरु अधिकांश ठगिएर विदेशमा अलपत्र पर्ने गरेका छन् ।

'वैदेशिक रोजगारमा जाने मध्ये प्रत्येक दिन दुर्घटना तथा जोखिमपुर्ण कामले गर्दा दुई देखि तीन जना सम्मको मुत्यु हुने गरेको छ,' ढुङ्गानाले भने, 'यस्ता घटनामा अधिकांश श्रम स्वीकृति नलिई गैरकानुनी ढंगले जानेहरु बढी छन् ।'

यसरी जानेहरुमा अधिकांश मलेशिया, कतार, दुबई, बहराईन लगायतका खाडी मुलुकहरु रहेका छन् । वैदेशिक रोजगारका क्रममा विभिन्न मुलुकहरु गरी १६ लाख नेपाली कार्यरत रहेका छन् । त्यतिकै संख्यामा अवैध रुपमा पनि नेपालीहरु वैदेशिक रोजगारमा गएका छन् । विभागले वैदेशिक रोजगारका लागि १ सय ८ देश खुल्ला गरेको छ । यही देशहरुमा विभागको स्वीकृति लिएर विभिन्न म्यानपावर कम्पनीहरुले रोजगारका लागी विदेश पठाउने गरेका छन् ।

नेपालमा ८ सय ५२ वटा म्यानपावर कम्पनी रहेकोमा २ सय १४ वटा खारेज भई हाल ६ सय १४ रहेको विभागका ढुङ्गानाले बताए ।

नेपालबाट वैदैशिक रोजगारका लागी धेरैको संख्यामा जाने देश मलेसिया हो । वार्षिक रुपमा नेपालबाट मलेसिया ५० हजारको संख्या जाने गरेका छन् । अघिल्लो वर्ष मात्रै २ लाख १९ हजार ९ सय जना गएकोमा वर्षको चैत सम्ममा २ लाख २ हजार ७ सय ७४ जना युवाहरु वैदेशिक रोजगारमा गएको विभागका कानुनी अधिकृत पुष्पराज नेपालले जानकारी दिए । उनका अनुसार वैदेशिक रोजगारका लागी भारतबाट पठाउँदा, बन्द गरिएका देशमा पठाउँदा, एउटा काममा भनी अर्को काममा पठाउने दलालका कारण वैदेशिक रोजगारमा जानेहरु ठगिने गरेका छन् ।

विभागले नेपालको पाँचै विकास क्षेत्रमा वैदेशिक रोजगारीको वर्तमान अवस्थाको सरोकारवालाहरुसँग छलफलका लागि कार्यक्रम सुरु गरेको छ । क्षेत्रीय रुपमा वैदेशिक रोजगारको बारेमा जानकारी, बहस तथा समस्याको बारेमा जानकारी क्षेत्रीय रुपमा पोखराबाट कार्यक्रमको थालनी गरेको हो । (ekantipur)

0 comments: